आइतवार, भदौ १, २०७६

४० अर्ब कर नबुझाउने एनसेलको सीम बहिष्कार अभियान देशभर शूरु

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • काठमाडौ । नेपाल सरकारलाई ४० अर्ब भन्दा बढी राजश्व बुझाउन अटेरी गरिरहेको टेलिकम सेवा प्रदायक कम्पनि एनसेलको सीम बहिष्कार अभियान सञ्चालन भएको छ । देशभर एनसेलको सीम बहिष्कार गर्न र राजश्व छल्ने एक्जियटालाई कारवाहीका माग गर्दै युवाहरुले बहिष्कार अभियान सञ्चालन गरेका छन् । ‘मलाई एनसेलको सीमबाट फोन नगर्नुहोला’ प्रेस चौतारीका निर्वतमान वरिष्ठ उपाध्यक्ष माधव नेपालले सामाजिक सञ्जालबाट विरोध जनाउँदै लेखेका छन् ।

    अधिवक्ता सुरेन्द्र भण्डारीले सञ्चालन गरेको अभियानमा देशभरका युवा जुटेका छन् । कतिपयले एनसेलको सीम कार्ड प्रयोग गर्न छोडेका छन् भने कतिपयले एनसेलबाट फोन गर्न छोडेका छन् । नेपालमा ब्यवसाय गरेर नेपालाई नै कर नबुझाउने एनसेलमाथी कारवाही गर्न उनीहरुले माग गरेका छन् ।

    सर्वाेच्च अदातलले केही दिनअघि सवै लाभांस कर तिर्न एनसेललाई आदेश दिएको थियो । अदालतको आदेशपछि सरकारले समयसीमा नै तोकेर लाभांस कर बुझाउन पत्राचार गरेको थियो । सरकारको पत्रलाई पनि बेवास्था गरेपछि एनसेल बहिष्कार अभियान चलेको हो ।

    ठूला करदाता कार्यालयले ७ दिन भित्र झन्डै ४० अर्ब कर रकम चुक्ता गर्न एनसेललाई पत्र लेख्यो,’ भण्डारीले आफ्नो फेसबुकमा सन्देशमा भनेका छन् ‘ सरकारले कर बुझाउन दिएको समयसीमा सकिएकै दिन एनसेल फेरी सर्वाेच्च अदालत पुगेको छ । अर्को मुद्दा दायर गरेर कर नतिर्ने र एक, दुई बर्ष लम्ब्याउने छलकपटपूर्ण परपञ्च रचिरहेको छ । राष्ट्रप्रति माया गर्ने प्रत्येक नेपालीले एनसेलले कर नतिरेसम्म सिम बहिस्कार गर्न सार्वजनिक आह्वान गरेका छन् ।

    ‘एनसेलले कर नतिर्दासम्म प्रत्येक नेपालीले एनसेलको सिम प्रयोग नगरौँ’ अभिबक्ता भण्डारीले भनेका छन् ‘एनसेलले मुद्दाको बहानामा कर नतिर्ने र लम्ब्याउने छलकपटपूर्ण कार्य गर्दछ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology