बिहिबार, असार १२, २०७६

सुस्मिताको कीर्तिमान !



काठमाडौं । आठौं राष्ट्रिय खेलकुदअन्तर्गत सुटिङतर्फ महिला १० मिटर एयर राइफलमा प्रदेश ३ की सुस्मिता नेपालले मंगलबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन् ।

स्नेहाले २४० पूर्णाङकमा २३४ अंक जोड्दै स्नेहा राज्यलक्ष्मी राणाले राखेप च्याम्पियनसिपमा बनाएको २३३ अंकलाई भंग गर्दै कीर्तिमानी स्वर्ण जितिन् । २२७ अंकमा आर्मीकी कल्पना परियार दोश्रो तथा २०३ अंकमा प्रहरीकी अस्मिता राई तेश्रो भइन् ।

नेपालगन्ज रंगशालास्थित सुटिङ रेन्जमा भएको प्रतियोगिताअन्तर्गत सोही स्पर्धाको पुरुषमा प्रदेश ५ का अर्नव घिमिरे पहिलो भए । उनले कुल २४० अंकमा २१६ अंक जोडे । २१४ अंक जोडेका प्रहरीका हरिबहादुर थापा दोश्रो तथा १९६ अंक जोडेका आर्मीका सुशे चौधरी तेश्रो भए ।

तेक्वान्दो : पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पीयन

आठौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत भैरहवामा सञ्चालन भएको तेक्वान्दो प्रतियोगितामा बिभागिय टिम नेपाल पुलिस क्लब ११ स्वर्ण सहित च्याम्पियन भएको छ ।

नेपाल पुलिसले ११ स्वर्ण ३ रजत र ३ काश्य पदक सहित कुल १७ पदक जित्दै आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो तर्फ उत्कृष्ट बन्न सफल भएको छ ।

त्यसै गरी ६ स्वर्ण ४ रजत र ७ काश्य पदक सहित १४ पदक जित्दै नेपाली सेनाको टिम दोश्रो स्थानमा आएको छ । उता अर्को बिभागिय टिम एपिएफ क्लब २ स्वर्ण, ७ रजत र ५ काश्य सहित १४ पदक जित्न सफल भयो । स्वर्ण र रजतको २१ । २१ पदक मध्ये १९ वटा स्वर्ण बिभागिय टिमको पोल्टामा र रजतका २१ मध्ये १४ वटा बिभागिय टिमलेनै जितेका छन् ।

स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे ।

त्यस्तै प्रदेश २ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए ।

प्रतियोगितामा बेष्ट फाईटर पुरुष तर्फको पुरस्कार नेपाली सेनाका सक्षमकार्कि र बेष्ट फाईटर(महिला)तर्फ नेपाली पुलिसका रेजिना कार्कि घोषित भई पुरस्कृत भए भने बेष्ट कोचको पुरस्कारबाट नेपाल पुलिसका रञ्जन श्रेष्ठ पुरस्कृत भए ।

मंगलबार सम्पन्न समापन अघि भएका बिभिन्न ६ तौल समुहका खेलमध्ये पुरुष ५४ केजि तौल मुनि नेपाल पुलिसका मनोज मल्लले स्वर्ण, एपिएफका गणेश चौधरीले रजत पदक जिते ।

त्यसै गरी महिलाको ४६ केजि मुनि तौल समुहमा नेपाल पुलिसकी रेजिना कार्किले स्वर्ण जित्दा सुदुर पश्चिम प्रदेशकी गिता कठेतले रजतमै चित्त बुझाईन् ।

पुरुषको ५८ केजि मुनि तौल समुहमा प्रदेश ५का गोबिन्द बहादुर आलेले स्वर्ण जित्दा एपिएफका चन्द्र रानामगरले रजत पदक जिते ।

महिलाको ४९ केजि मुनि तौलमा नेपाली सेनाकी युनिसा राईले स्वण र एपिएफकी अस्मिता खडकाले रजत प्राप्त गरे ।

पुरुषको ८७ केजि माथि तर्फ नेपाल पुलिसका अनुज पुजारीले स्वर्ण जित्दा नेपाली सेनाका रामहरी महतले रजत जिते ।

महिला ७३ केजि तौल माथि मनिता शाहीले स्वर्ण जितीन भने एपिएफकी शुष्मा गुरुंगले रजत जितिन ।

प्रतियोगितामा बिजेता खेलाडीहरुलाई प्रमुख अतिथी संघिय ईकाई प्रहरी कार्यालय भैरहवाका प्रमुख तथा बरिष्ठ प्रहरी उपरीक्षक राजेश लाल कर्ण, नेपाल तेक्वान्दो संघका केन्द्रिय सचिब नबिन कुमार श्रेष्ठ, केन्द्रिय सदस्य हिरा थापा, डब्लुटिएफका नेपाल प्रतिनिधी कोंगयोंग दाल, नेपालका मुख्य प्रशिक्षक नन्दु कुमार राई, सिद्धार्थ यातायात ब्यबसायी संघका अध्यक्ष सञ्जिब रोक्का, एसओएस बालग्राम लुम्बिनीका योजना निर्देशक बिजय राणा, नेपाल सुटिंग संघ रुपन्देहीका अध्यक्ष ज्योत्सना राणा, भैरहवा ब्याडमिन्ट क्लबका कोषाध्यक्ष गणेश बहादुर क्षेत्री, रुपन्देही जिल्ला खेलकुद बिकाश समितीका कार्यालय प्रमुख संगमसिंह थापा, पुर्ब तेक्वान्दो खेलाडी तथा ओलम्पियन संगिना बैद्य, प्रदेश ५का तेक्वान्दो संयोजक कोशिष खडका लगायतले पदक, ट्रफी, प्रमाणपत्र प्रदान गरेका थिए ।

बिजेता तथा उप बिजेता टिम र उत्कृष्टहरुलाई नेपाल तेक्वान्दो संघ प्रदेश ५ का संयोजक कोशिष खडका, उपाध्यक्ष द्धय प्रकाश मान राजभण्डारी र पराग दास गोर्खाली र रुपन्देहि जिल्ला तेक्वान्दो संघका अध्यक्ष दिपेन्द्र बुढाप्रितीले ट्रफी र पुरस्कार सौजन्य गरेका थिए । प्रतियोगितामा पुम्से र स्पाईरिंग बिधामा गरी २ सय ४२ खेलाडी सहभागी थिए ।

उसु : आर्मीलाई १४ स्वर्ण

आठौंअन्तर्गत १४ औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पा¥यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त ग¥यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल ग¥यो ।

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु÷छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए । पुरुष ताव सु÷कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।

कराते : प्रहरी टिम च्याम्पियन

नेपाल प्रहरी क्लब आठौं राष्ट्रिय खेलकुदअन्तर्गत राष्ट्रिय कराँते प्रतियोगितामा च्याम्पियन बनेको छ ।

दाङ तुलसीपुर स्थीत कर्भडहलमा सञ्चालित प्रतियोगितामा प्रहरी सर्वाधिक ९ स्वर्ण र १ रजत पदक हात पार्दै टिम च्याम्पिएन बनेको हो ।

त्यस्तै ३ स्वर्ण, ३ रजत र ४ कास्य हात पारेको नपाल आर्मीले उपविजेतामा चित्त बुझायो । ३ नम्बर प्रदेश २ स्वर्ण १ रजत र १ कांस्य पदकका साथ तृतीय स्थान हासिल ग¥यो ।

करातेको अन्तिम दिन मंगलबार सम्पन्न पुरुष कुमुते ६० केजी तौलसमूहमा नेपाल पुलिस क्लबका राजिव पुडासैनीले स्वर्ण पदक हात पारे । त्यस्तै प्रदेश नं ४ का राजकुमार रसाइलीले रजत जित्दा सुदूरपश्चिम प्रदेशका जगतसिंह घानुक र एपीएफका मोहन कार्कीले कांस्य पदक हात पारे ।

प्रतियोगितामा विभागिय टिम नेपाल आर्मी, नेपाल पुलिस, शसस्त्र प्रहरीको एपीएफ, सात प्रदेश र एन.आर.एन.को सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology