शनिबार, साउन ४, २०७६

अब जिल्ला सचिवमा मलाई बधाई नदिनुहोस, राजीनामा दिइसके-दधीराम न्यौपाने

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • रुपन्देही । दधिराम न्यौपाने पूर्वमाओवादीका पोलिटब्यूरो सदस्य र वर्तमान नेकपाको केन्द्रीय सदस्य छन् । पार्टीमा केन्द्रीय सदस्य र संसदीय फाँटमा रुपन्देही क्षेत्र नं १ को १ बाट निर्वाचित प्रदेश सांसद हुन् । संसदीभित्र उद्योग, वन तथा पर्यटन समितिको सभापति छन् । तर नेकपाले तीन दिनअघि घोणणा गरेको जिल्ला नेतृत्वको सूचिमा पनि उनको नाम समावेश भयो । रुपन्देही नेकपाको सचिवमा उनको नाम समावेश थियो । पार्टीको केन्द्रीय सदस्यलाई जिल्ला सचिवको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट मात्र बनेनन्, सचिव पदबाट राजीनामा नै दिएका छन् ।

    राजीनामा दिनुपर्ने कारण केन्द्रीय सदस्य भएर होइन । जुनियरलाई जिल्ला अध्यक्ष र आफुलाई सचिव दिएपछि उनले पदबाट राजीनामा बुझाएका छन् । नेकपा ७ केन्द्रीय सदस्यहरु जिल्लाका अध्यक्ष र सचिवको जिम्मेवारीमा छन् ।

    एकताका लागि पूर्व माओवादी र एमालेमा भागबण्डा हुँदा रुपन्देहीको अध्यक्ष एमालेको भागमा परेको थियो। एमालेले प्रदेश सदस्य एवं बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीलाई अध्यक्ष बनेका छन् भने सांसद न्यौपाने सचिव बनेका छन् । उनलाई बधाई दिँदामा पनि दुख मान्ने गरेका छन् । ‘म त पार्टीको पोलिटब्यूरोबाट जिल्ला सचिवमा घटुवा भएको ब्यक्ति किन बधाई दिनुहुन्छ ?’ बधाई दिनेलाई उनले यस्तो जवाफ दिने गरेका छन् ।

    न्यौपानेले प्रदेश ५ इन्चार्ज शंकर पोखरेललाई भेटेरै राजीनामा र पार्टी केन्द्रीय कार्यालयलाई इमेलमार्फत राजीनामा बुझाएका छन्। राजीनामा पत्रमा उनले नयाँलाई अवसर दिन र आफू प्रदेशसभाको उद्योग तथा वातावरण समितिको सभापति र पार्टी केन्द्रीय सदस्यसमेत रहेका उल्लेख गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology