मङ्लबार, भदौ ३१, २०७६

राष्ट्रिय पूँजीको विकास नगरी समृद्धि प्राप्त हुदैँन्- मुख्यमन्त्री शाही

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय पूँजीको विकास नगरी मुलुकले समृद्धि प्राप्त गर्न नसक्ने बताएका छन् ।

    सुर्खेतमा सङ्घीय संसद् प्रतिनिधिसभाको अर्थ समितिले आयोजना गरेको पूर्वबजेट छलफल कार्यक्रममा मुख्यमन्त्री शाहीले राष्ट्रिय पूँजीको विकासका लागि निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।

    “हामी अहिलेसम्म आयातमा निर्भर छौँ”, मुख्यमन्त्री शाहीले भने, “अब निर्यातलाई वृद्धि गर्न उत्पादन वृद्धिको योजना ल्याउन जरुरी छ ।” कर्णालीको विकासको पहिलो प्राथमिकता भौतिक पूर्वाधारको विकास भएको बताउँदै मुख्यमन्त्री शाहीले सङ्घीय सरकारको आगामी बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

    मुख्यमन्त्री शाहीले सडक र विद्युत्को अवस्थाका कारण कर्णालीमा ठूला उद्योग तथा विकास निर्माणको काममा प्रभाव परिरहेको समेत बताए । उनले तत्काल कोहलपुर–सुर्खेत सडकलाई स्तरोन्नति गरी चार लेनको बनाउनेतर्फ सङ्घीय सरकारको ध्यान जानुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology