बिहिबार, असार १२, २०७६

भलिबलमा पुलिस र एपिएफ प्रथम, सरस्वती बनिन उत्कृष्ट खेलाडी



काठमाडौं । आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत पुरुष भलिबलमा नेपाल पुलिस क्लब र महिला भलिबलमा सशस्त्र प्रहरी बल (एपिएफ) ले उपाधि हात पारेका छन् ।

आज खजुरास्थित शुक्र रङ्गशालामा भएको फाइनल खेलमा पुरुषतर्फ पुलिस क्लबले नेपाल आर्मी क्लबलाई र महिलातर्फ एपिएफले प्रदेश नं ३ लाई हराउँदै उपाधि हात पारेको प्रदेश खेलकूद विकास समितिका सदस्य रीता कोइराला जानकारी दिए ।

पुरुषतर्फको खेलमा पहिलो सेट २५–१८ ले आर्मीलाई हराएको पुलिसले दोस्रो सेट २३–२५ ले हारेको थियो । त्यसपछिको खेलमा पुलिसले लगातार दुई सेट २५–२० र २५–१८ ले जित्दै उपाधि हात पारेको हो । तेस्रो स्थानका लागि भएको खेलमा पुरुष भलिबलमा एपिएफ विजयी भएको छ । गण्डकी प्रदेशलाई हराउँदै एपिएफ विजय भएको हो ।

यस्तै महिलातर्फ एपिएफ प्रदेश नं ३ लाई २५–११, २५–१३ र २५–१९ को सोझो सेटमा हराउँदै विजय भएको हो । यस्तै आजै भएको महिला भलिबल तेस्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिस क्लब विजय भएको छ । पुलिसले गण्डकी प्रदेशलाई हराएको हो ।

प्रतियोगितमा उत्कृष्ट खेलाडी पुरुषतर्फ नेपाल पुलिस क्लबका कुलबहादुर थापा र महिलातर्फ एपिएफकी सरस्वती चौधरी घोषित भएका थिए । उत्कृष्ट खेलाडीलाई लक्ष्मीनारायण मेमोरियल भलिबल ट्रष्टले नगद रु दश-दश हजार प्रदान गरेको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology