बिहिबार, भदौ ५, २०७६

केन्द्र सरकारले भेरी बबई आयाेजना बनाएर कर्णालीलाई उपहार दिनुपर्छ- पूर्वमन्त्री पाण्डे

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • काठमाडाैं । पूर्वअर्थमन्त्री एवम् सत्तारुढ नेकपाका स्थायी समिति सदस्यसमेत रहेका सुरेन्द्र पाण्डेले राष्ट्रिय गौरबको भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजना संघीय सरकारले निमार्ण गरी कर्णाली प्रदेश सरकारलाई उपहारस्वरुप दिनुपर्ने बताएका छन् । ४८ मेगावाटको विद्युत आयोजना कर्णाली प्रदेशलाई निर्माण दिनुपर्ने बताएका छन् ।

    संघीय संसदको सुर्खेतमा आयोजित अर्थसमितिको पूर्वबजेट छलफल कार्यक्रममा बोल्दै यो कर्णाली प्रदेशको अधिकार भएको प्रष्ट पारे ।

    प्रदेश सरकारको मागप्रति समर्थन जनाउँदै उनले भने, ‘यो तपाईहरुको अधिकार हो । विद्युत आयोजनाको निर्माण कार्य संघीय सरकारले सम्पन्न गरेर उपहार योजनाका रुपमा कर्णालीलाई हस्तान्तरण गर्नुपर्छ ।’

    अर्थसमितिका सदस्यसमेत रहेका पाण्डेले विद्युत आयोजना निर्माण गरेर प्रदेश सरकारलाई हस्तातरण गर्ने विधि तयार गर्न संघीय सरकारका ऊर्जामन्त्री र अर्थमन्त्रीलाई आफ्नो तर्फबाट निर्देशन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    केन्द्र सरकारले प्रदेश सरकारका अधिकार खोसेको भन्दै सातै प्रदेशबाट विरोध आइरहेको वेलामा पाण्डेको यस्तो अभिव्यक्ति आएको हो । उनले भनेजस्तै भयो भने यो आयोजना कर्णाली प्रदेशको समृद्धिमका लागि कोशे ढुंगा सावित हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology