शनिबार, साउन ४, २०७६

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • काठमाडौं । नवौं संस्करणको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुने भएको छ ।

    राष्ट्रिय खेलकुद परिषदको बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना अधिकार गण्डकी प्रदेशलाई दिने निर्णय भएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टले हाम्रो खेलकुदलाई जानकारी गराए । अब नवौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालमा हुनेछ  ।

    सदस्यसचिव विष्टका अनुसार नवौं आयोजनाका लागि कुनैपनि प्रदेशले दावी नगरेको र सातौको बेला नै नवौ गण्डकी प्रदेश (पश्चिमाञ्चल) मा गर्ने सैद्धान्तिक सहमति अनुसार अघि बढेको बताए । नेपालगञ्जमा आज सम्पन्न हुने आठौं राष्ट्रिय खेलकुदको समापनको कार्यक्रम पछि नवौंको झन्डा गण्डकी प्रदेशलाई प्रदान गरिने छ । आयोजना अधिकारसहित झन्डा गन्डकी प्रदेश खेलकुद बिकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले ग्रहण गर्नेछन् ।

    वर्तमान युवा तथा खेलकुद मन्त्री जगत बहादुर सुनार गण्डकी प्रदेशकै जनप्रतिनिधि हुन । मन्त्री विश्वकर्मा, सदस्यसचिव केशव कुमार विष्ट र खेलकुद मन्त्रालयको समन्वयमा गण्डकी प्रदेशलाई नै नवौंको आयोजना अधिकार दिइएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology