बिहिबार, असार १२, २०७६

शेयर बजार दोहोरो अङ्कले वृद्धि



काठमाडौँ । मङ्गलबार झिनो अङ्कको सुधार आएको शेयर बजार आज भने दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक १९.१४ विन्दुले बढेर एक हजार २७९.२९ विन्दुमा पुगेको छ । मङ्गलबार नेप्से ३.७४ विन्दुले बढेर एक हजार २६० मा पुगेर रोकिएको थियो ।

यसैगरी ‘क’ वर्गको कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.८० बिन्दुले बढेर २७६.९४ बिन्दुमा पुगेको छ । स्टकका अनुसार बुधबार विभिन्न १७२ कम्पनीका ३४ लाख आठ हजार ३७४ कित्ता शेयर रु ९५ करोड तीन लाख चार हजार ४१० मूल्यमा खरीद बिक्री भए । कारोबार भएका दश उपसमूहमध्ये जलविद्युत् र उत्पादन उपमूहको शेयर बढ्न सकेनन् । जलविद्युत् १०.६८ र उत्पादन उपसमूहको शयेर २.६९ बिन्दुले घट्यो ।

बैङ्किङ २७.२, होटल ६०.११, विकास बैंक ३९.३४, वित्त ३.९५, निर्जीवन बीमा १३.६९, अन्य ४.१६, लघुवित्त ६.०१ र जीवन बीमा ११.४६ बिन्दुले बढेको छ । स्टकका अनुसार आज नेपाल बैंक लिमिटेडको शेयर रु नौ करोड ९४ लाख छ हजार २६९, ग्लोबल आइएमई बैंकको रु सात करोड १९ लाख चार हजार ७२०, एनआइसी एसिया बैंकको रु छ करोड ४० लाख ८४ हजार ७३४, प्रभु बैंक लिमिटेडको रु छ करोड २७ लाख ६० हजार ९५४ र जनता बैंक लिमिटेडको रु पाँच करोड ९४ लाख ७८ हजार ४९४ मा खरीद बिक्री भए ।

त्यस्तै एभरेष्ट इन्स्योरेन्सका शेयरधनीले ९.७७ प्रतिशत, सामुदायिक लघुवित्त वित्तीय संस्था ६.८८, सहयोगी विकास बैंक लिमिटेड ६.६७, मेगा बैंकका शेयरधनीले ६.०४ ले कमाए । राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९३ प्रतिशतले गुमाउँदा सिभिल लघुवित्त वित्तीय संस्था ४.८६, नेपाल कम्युनिटी विकास बैंक ४.८६ र आरम्भ लघुवित्त वित्तीय संस्थाका शेयर धनीले ४.६८ प्रतिशतले गुमाए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology