मङ्लबार, भदौ ३१, २०७६

सम्झौता गरेर दलहरुले सत्ता लिए तर राजालाई धोका दिए–कमल थापा

  • प्रकाशित मिति : बुधबार, बैशाख ११, २०७६



  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले लोकतन्त्र स्थापना गर्दा राजा र दलहरुबीच भएको सम्झौतामा दलहरुले बेमानी गरेको बताएका छन् ।

    लोकतन्त्र दिवसलाई सम्झदै अध्यक्ष कमल थापाले लोकतन्त्र स्थापना हुँदा तत्कालिन राजा ज्ञानेन्द्र शाह र दलहरुबीच गोप्य सम्झौता भएको बताएका छन् । ‘दलहरुसँग भएको गोप्य सम्झौता पूर्वराजाले पालन गरिरहेका छन् तर दलहरुले सम्झौता उलंघन गर्दै बेमानी गरेका छन्’ थापाले भनेका छन् ‘आजकै दिन राजा र आन्दोलनकारीबीच सम्झौता भई दलहरुलाई सत्ता हस्तान्तरण भएको हो । राजाबाट सम्झौता बमोजिम काम भयो तर दलहरुले धोका दिएर राजसंस्था पाखा लगाउने काम भयो ।’

    उनले राजासहितको लोकतन्त्रले मात्र पूर्णता पाउने बताएका छन् । राजाविनाको लोकतन्त्रण पूर्ण नुहँने जिकिर थापाले गरेका छन् । पछिल्लो समय पूर्वराजा र विप्लव अट्नेगरी गोलमेच सम्मेलनको गर्न थापाले सरकारसँग आग्रह गरेको छ । सरकार र राप्रपाबीच बार्तापनि चलिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology