बिहिबार, असार १२, २०७६

उपराष्ट्रपतिले गरे आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन



काठमाडौं । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता बुधबार सकिएको छ । प्रदेश ५ मा सञ्चालन भएको खेलकुद प्रतियोगिता नेपालगञ्ज रंगशालामा भएको थियो । उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गरेका हुन् ।

समापन कार्यक्रममा बोल्दै उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कमी कमजोरी नवौं प्रतियोगितामा नदोहोर्‍याउन सुझाव दिए । आफ्नै प्रदेशमा भएको आठौं खेलकुदले सबैलाई एक बनाएको भन्दै गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता झनै भब्य हुने उनको बताए।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा २०७७ सालको फागुन २० देखि २७ गतेसम्म हुने राष्ट्रिय खेलकुद परिषद्ले निर्णय गरिसकेको छ ।

उपराष्ट्रपति पुनले आफू राष्ट्रिय प्रतियोगितामा सानोमा छनोट हुन नपाउँदा एकदमै दुख लागेको सुनाउँदै खेलाडीलाई झनै हौसलाको साथ खेल्न आग्रह गरे । उनले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता तोकिएकै समयमा सम्पन्न हुने आशा पनि व्यक्त गरे ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता यही डिसेम्बरमा काठमाडौं र पोखरामा हुदैछ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology