बिहिबार, असार १२, २०७६

कांग्रेस एकपटक हारेर सकिँदैन: गगन थापा



काठमाडाैं । नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाले जनता कांग्रेससँग पनि खुसी नरहेको बताएका छन् । रुपेन्देहीको क्षेत्रीय सम्मेलनमा बोल्दै थापाले जनता सरकारसँग रुष्ट छन् तर कांग्रेससँग पनि खुसी छैनन् भन्ने अभिव्यक्ति दिएका थिए ।

नेता थापाले कांग्रेसका सभापतिहरु सुशील कोइरालाको नेतृत्वमा संविधान र शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन भएकोमा प्रत्येक कांग्रेसले गौरव गर्नुपर्ने बताए ।

भरतपुरको चुनावमा कांग्रेसले जीवनमा नगरेको कार्य हसियाँ हथौडामा भोट हालेर गरेको भन्दै उनले गल्ती र कमजोरी भएका ठाँउमा निर्मम समीक्षा नगरे पार्टी सही ढंगबाट सञ्चालन हुन नसक्ने बताए ।

उनले अर्को निर्वाचन कांग्रेसले जित्ने कुरामा शंका नभएको जिकिर गरे । उनले भने, ‘कांग्रेस बनेको एउटा चुनाव जित्नको लागि होइन। कांग्रेस एकपटक हारेर सकिने पनि होइन। कांग्रेसले लय समात्यो भने निर्वाचनको परिणाम कांग्रेसलाई पछ्याएर आएको छ।’

‘वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु हो। संविधान असफल भयो भने नेपालले पूरानो नियति भोग्छ। तसर्थ संविधान जोगाउनु कांग्रेसको कर्तव्य हो,’ उनको भनाइ थियो ।

संविधानमा खतरा विप्लव, सिके राउत र राजाबाट नभएर वर्तमान सरकारबाट भएको थापाले दावी गरे । प्रधानमन्त्रीले स्थानीय सरकार र प्रदेश सरकारको अधिकार कटौति गरिरहेको भन्दै थापाले मुख्यमन्त्रीहरु प्रधानमन्त्रीका कारिन्दा जस्तो भएको उनले आरोप लगाए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology