बिहिबार, असार १२, २०७६

कांग्रेस नेताको हत्यामा बुहारीको साजिश, यसरी खुल्यो हत्याको पर्दा



एजेन्सी । भारतमा यतिबेला राज्यसभाको निर्वाचन चलिरहेको छ । जताततै निर्वाचनको चर्चा भइरहेको छ । तर बुधवारदेखि चर्चा चुनावकोभन्दा कांग्रेस नेता एनडी तिवारीका छोरा रोहित शेखर तिवारीको हत्याकाण्डतिर मोडिएको छ । २ बर्षअघि छोरा रोहितको हत्या भएको थियो । हत्यारा पत्ता लगाउन भारतीय प्रहरी दिनरात लागेको थियो । बुधवार हत्यारा पत्ता लाग्यो, त्यो पनि नेता तिवारीकै घरभित्र । रोहितको हत्या पत्नी अपूर्वाले गरेको निस्कर्षमा प्रहरी पुगेको छ । पत्नीले रोहितको हत्या गरेको तथ्य बाहिर आएपछि अपूर्वाको चर्चा चल्न थालेको छ ।

रोहितको मृत्यु भएलगतै प्रहरीले पत्नी अपूर्वामाथी शंका गरेको थियो । तर प्रमाण भेटाउन सकेको थिएन । दुई बर्षपछि हत्याको प्रमाण घरभित्रैबाट भेटिएको छ । निकै सुन्दर र सुशील केटी एकाएक पतिको हत्यारा कसरी भइन ? भारतमा यतिबेला यही चर्चा चल्न थालेको छ ।
२०१७ मा रोहित र अपूर्वाको भेट भएको थियो । एक मेट्रोमोनियल साइटमा रोहितले अपूर्वाको प्रोफाइल हेरेका थिए । बुहारीको खोजिमा रहेकी उनकी आमालाई अपूर्वाको तस्विर र प्रोफाइन देखाए । त्यसपछि अपूर्वालाई भेट्न उनीहरु लखनउ पुगेका थिए । अपूर्वा र रोहितको पहिलो भेट लखनउमै भएको थियो । त्यसपछि उनीहरुबीच दोस्ती भयो । केही समयको भेटघाटपछि दुवै जना नजिक आएका थिए भने लिव इन रिलेशनशिपमा बस्न थालेका थिए ।

त्यसपछि उनीहरुबीच दिल्लीमा विवाह भएको थियो । एक बर्षको रिलेशनसिपपछि दुवैले १२ मई २०१८ मा विवाह गरेका थिए । विवाहमा भारतीय राजनीतिका ठुला नेताहरु पनि सहभागी भएका थिए । विवाहपछि रोहित र अपूर्वा दिल्लीको डिफेन्स क्लोनिमा बस्दै आएका थिए । दुवै जना पारिवारिकरुपमा खुसी नै थिए । त्यही बीचमा उनकोहरुको जीवनमा एउटा मोड आयो । त्यही मोडले उजाड बनाइ दियो । विवाहको एक बर्षपछि रोहितकी एक महिलासँगको सम्बन्ध रहेको अपूर्वाले थाहा पाइन । महिला अपूर्वाकी नातेदार पनि थिइन । रोहित बारम्वार ति महिलासँग भेट्न गएको पुरा सुचना अपूर्वाले लिइरहेकी थिइन ।

रोहितसँग राम्रो सम्पति थियो । तर उनले आफ्नो घर बनाएका थिएनन् । घर बनाउन बारम्वार अपूर्वाले माग गरेकी थिइन तर रोहित अस्वीकार गरिरहेका थिए । यो बिषयले पनि उनीहरुको जीवनमा तनाव थपिदिएको थियो । अर्की महिला र घरको तनाव भएपछि अपूर्वा माइत पुगेकी थिइन । एक महिना माइत बस्दा पनि रोहितले ति महिलासँग भेटघाट गर्न छोडेका थिएनन् ।

त्यही बीचमा उत्तराखण्डको निर्वाचनमा भोट हाल्न रोहित दिल्लीबाट हिडे । उत्तराखण्ड जाँदा उनले ति महिलालाई पनि लिएर गएका थिए । अपूर्वालाई यो कुरा थाहा थिएन । उत्तराखण्डमा जाँदा ति महिला र रोहितबीच आपत्तिजनक कार्य भएको भिडियो रेकर्ड बाहिरिएको थियो । अपूर्वाले त्यो पछि थाहा पाएकी थिइन । मदिरामा लठ्ठ भएका बेला उनीहरु आपत्तिजनक अवस्थामा थिए । उनी उत्तराखण्डबाट फर्किनुअघि नै अपुर्वाले थाहा पाइसकेकी थिइन । दिल्ली फर्केपछि पति पत्नीबीच झगडा भएको थियो । झगडा हुँदा परिवारका सदस्यहरु सवैसँगै थिए ।

राति परिवारका सदस्यहरु आ–आफ्नो घरतिर लागे । त्यस राति नै रोहितको हत्या भएको थियो । रोहित विरामी परेको भन्दै पत्नी अपूर्वाले अस्पताल लगेकी थिइन । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो । पोष्टमार्टम रिपोटपछि उनको मृत्यले नयाँ मोड लिएको थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology