मङ्लबार, भदौ ३१, २०७६

भोलीदेखि शैलुङ महोत्सव शुरु, प्रचण्डले उद्घाटन गर्दै

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडाैं । रमणीय पर्यटकीय गन्तव्य शैलुङको शैलुङ महोत्सव बैशाख १३ गतेदेखि भव्य रुपमा शुरु हुँदैछ । महोत्सवको उद्घाटन कार्यक्रमका लागि पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जाँने भएका छन् ।

    महोत्सवको उद्घाटन रामेछापको दोरम्वा गाउँपालिका स्थित खोलाखर्कमा हुँदैछ । महोत्सवको करिव सम्पूर्ण तयारी सकिएको महोत्सवका संयोजक तथा दोरम्बा गाउँपालिकाका प्रमुख कमानसिं मोक्तानले जानकारी दिए ।

    यस महोत्सवमा करिव १० हजार आन्तरिक र वाह्य पर्यटकको सहभागिता रहेने आयोजकले बताएको छ । महोत्सवमा विभिन्न कलाकारहरुले गित संगितमार्फत समेत मनोरञ्जन प्रदान गर्ने कार्यक्रम रहेको छ ।

    त्यसैगरी स्थानीय स्थतरमा निर्माण र उत्पादन भएका बस्तुहरुसमेत प्रदर्शनमा राखिनेछ । शैलुङ डाँडा एउटा दोलखा जिल्लाको मात्र नभई नेपालकै रमणीय पर्यटकीय स्थलको रूपमा परिचित रहिआएको छ। यो ठाउ समुन्द्री सतहबाट करीब ३४०० मिटर अग्लो स्थानमा दोलखा जिल्लाको दक्षिण पश्चिममा अवस्थित रहेको छ। शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारबर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। 

    शैलुङ डाँडाबाट मनमोहक गौरीशंकर हिमाल , सगरमाथा, माछापुच्छ्रे हिमाल, गणेश हिमाल लगायत काठमाडौं उपत्यका र तराईका केही भागहरू समेत देखिने भएकोले यो स्थान अझ रमणीय पर्यटकीय स्थल बन्न सफल भएको छ।

    यहाँ शैलुङ्गेश्वर महादेवको मन्दिर, १२ वर्षमा एकपटक खुल्ने गदौरी जस्ता धार्मिक रूपले चर्चित गुफा पनि अवस्थित छ। चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरीङ्गी एंव जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एबम पर्यटकिय महत्व बोकेको स्थानको रूपमा चिरपरिचित रहदै आएकोछ। साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ।

    शैलुङको अर्को महत्वपूर्ण विशेषता भनेको यहाको चौंरीको दूधबाट बन्ने बिभिन्न प्रकारका परिकारहरू पनि पर्दछन । यहाँका बासिन्दाहरू प्राय सबैले चौंरीपालन गर्नेगर्छन् र उत्पादित चौंरीको दूधबाट उनीहरू मिठा छुर्पी, चिज बनाएर बिभिन्न ठाउँमा लगेर बिक्रिबितरण गर्नेगर्दछन।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology