सोमवार, असार २, २०७६

एनसेलको सीम बहिष्कार गर्न सत्तारुढ दलका युवा बिद्यार्थीको सामुहिक आह्वान



काठमाडौं । सरकारलाई ४० अर्बभन्दा बढी राजश्व र्तिन आनाकानी गरिरहेको एनसेललाई दवाव दिन सत्तारुढ दलका युवा– बिद्यार्थीले सीम बहिष्कार अभियान थालेका छन्

अधिबक्ता सुरेन्द्र भण्डारीले एनसेल सीम बहिष्कार अभियान चलाएलगतै सत्तारुढ दलका युवा र बिद्यार्थी संगठनहरुले दवाव अभियान थालेका हुन् । सरकारलाई कर नतिरेसम्म एनसेलको सिम वहिष्कार गर्न आह्वान गरेका छन् ।

नेकपा युवा बिद्यार्थी संगठनहरुले सामुहिक अपिल गर्दै एनसेल सीम बहिष्कार गर्न नेता, कार्यकर्ता र आम जनतालाई आग्रह गरेका छन् । वाइसिएलका निर्वतमान अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) युवा संघ अध्यक्ष रमेशकुमार पौडेल, अनेरास्ववीयूकी नविना लामा र अनेरास्वबीयू क्रान्तिकारीका अध्यक्ष रंजित तामाङले संयुक्त बिज्ञप्ती जारी गर्दै एनसेलको सीम बहिष्कार गर्न आग्रह गरेका छन् ।

लामो समयदेखि बल्भिँदै आएको एनसेल कर प्रकरण सर्वाेच्च अदालतले किनारा लगाएको छ । सरकारलाई तिर्नुपर्ने कर तत्काल तिर्न अदालतले आदेश पनि दिएको थियो । पूर्णपाठ दिन लामो समय लगाएपनि फैसला भएको एक महिनापछि पूर्णपाठ आएको थियो ।
पूर्णपाठ आएपछि ठुला करदाता कार्यालयले ७ दिनभित्र कर तिर्न एनसेललाई पत्र लेखेको थियो । तर एनसेल कर तिर्नेतिर नभई फैसला पुनरावलोकनको माग गर्दै सर्वाेच्च अदालत पुगेको छ ।

सर्वाेच्च अदालतमा फैसला पुनरावलोकनको निवेदन परेपछि एक/दुई बर्ष अझै फैसला आउन लाग्छ । त्यो बेलासम्म कर नर्तिने रणनीतिमा अख्तियार पुगेका बेला जनदवाव शुरु भएको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology