बिहिबार, असार १२, २०७६

नेपालद्वारा थाइल्याण्डलाई २३५ रनको लक्ष्य



काठमाडौँ । थाइल्याण्डमा जारी एसिसी सोह्र वर्षमुनि ९यु–१६० पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई २३५ रनको फराकिलो लक्ष्य दिएको छ ।

थाइल्याण्डको चियाङमाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभरमा सात विकेट गुमाउँदै २३४ रनको योगफल खडा ग¥यो । नेपालका लागि आशिष भट्टराईले सर्वाधिक ५८ रनको योगदान दिए । त्यसैगरी विशालविक्रम केसीले ३८, दीपक बोहराले ३५, विशालकुमार पटेल २८ र निखिलकुमार सिंहले २२ रन जोडे ।

बलिङतर्फ थाइल्याण्डका नारावेट नुन्ताराज एक्लैले तीन तथा योड्साक सारानोननाकुनले दुई विकेट झारे । जारी प्रतियोगितामा नेपालले यसअघि खेलेको दुवै खेलमा विजयी हासिल गरेको छ । नेपालले शनिबार भएको पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गरेको थियो भने हिजो बुधबार भएको दोस्रो खेलमा मलेसियालाई ३९ रनले पराजित गरेको थियो ।

२३५ रनको विजयी लक्ष्य बोकेर अहिले नपाल थाइल्याण्डविरुद्ध जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology