शनिबार, साउन ४, २०७६

पुनर्निर्माण प्राधिकरणलाई २० महिनाभित्र काम सक्न प्रधानमन्त्रीको निर्देशन

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी २० महिनाभित्र भूकम्पले क्षति भएका संरचनाहरु निर्माण सम्पन्न गर्न राष्ट्रिय पुननिर्माण प्राधिकरणलाई निर्देशन दिएका छन् ।

    काठमाडौँको वसन्तपुरमा दरवार क्षेत्रमा बिहीबार आयोजित चौथो भूकम्प स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भूकम्पले क्षति पुर्याएका पुरातात्विक केही सम्पदाबाहेक अरु सबै संरचना अबको २० महिनाभित्र सक्नेगरी काम गर्न प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

    केही सम्पदाहरु निर्माण सम्पन्न गर्न अरु समय लाग्नसक्छ, तर धेरै संरचना निर्माण भइरहेकाले अब त्यसलाई सम्पन्न गर्न ढिला गर्नुहुँदैन ।’ प्रधानमन्त्री ओलीले भने, ‘अबको २० महिनाभित्र सकिसक्नुपर्छ ।’ प्रधानमन्त्री ओलीले गोरखा दरबार भक्तपुरको नौ तले दरवार पुननिर्माण भइरहे बताउदै धरहरा,रानीपोखरी पनि पुनर्निर्माण भइरहेको बताए । ‘भक्तपुर र पाटन दरबार बनिसक्यो’ प्रधानमन्त्री ओलीले भने, ‘सम्पदाहरुको पुरातात्विक महत्व नबिगार्ने गरि बनाइन्छ । अझ बलियो, अझ आकर्षक बनाउँछौ ।’

    प्रधानमन्त्री ओलीले पीडाबाट थलिएर बस्ने नभई संरचना निर्माणमा तीव्रता दिनुपर्ने बताए । उनले सरकारी विद्यालय, अस्पताल, सेना र प्रहरीका भवनहरु छिटो बनाउनुपर्ने भन्दै सम्पदा निर्माण गर्ने क्रममा अनुचित विवादमा नअल्झन आग्रह गरे । ‘विवादले पुननिर्माण बढ्दैन । ऐतिहासिकतालाई पनि तोडमोड गर्नुहुँदैन’ प्रधानमन्त्रीले भने ।

    कार्यक्रममा प्राधिकरणका सिइओ सुशील ज्ञवालीले अबको २० महिनामा धेरै काम गर्नुपर्ने भएकाले प्राधिकरणले आफ्नो गति थप बढाउने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology