बिहिबार, असार १२, २०७६

विध्वंसकारी गतिविधि गरेकै कारण ‘विप्लव’ लाई निषेध- गृहमन्त्री थापा



विराटनगर । गृहमन्त्री रामबहादुर थापाले शान्ति सुरक्षामा खलल पु¥याउने छुट कसैलाई नदिने बताएका छन् ।

गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नं १ को सुरक्षा गोष्ठीमा सहभागी हुन विराटनगर पुगेका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, “आन्दोलनको नाममा जनताको अधिकार कुण्ठित गरी शान्ति सुरक्षामा अवरोध पु¥याउनेलाई सरकारले कानून बमोजिम कारवाही गर्छ ।” गृहमन्त्री थापाले हिंसात्सक गतिविधि अन्त्य गर्नका लागि विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयास भइरहेको बताउँदै विभिन्न माग राखी आन्दोलन गर्ने सबै असन्तुष्ट पक्षलाई सरकारले वार्ता र संवादमा आउन आह्वान गरेको पनि बताए ।

विखण्डनकारी समूहलाई समेत मूलधारमा ल्याइसकेको अवस्थामा विप्लव समूहलाई पनि आतङ्ककारी क्रियाकलाप छाडी वार्तामा आउनुको कुनै विकल्प नरहेको बताए । गृहमन्त्री थापाले विप्लव समूहले जनतामा आतङ्क सिर्जना गर्नुका साथै हत्या हिंसा तथा निजी र सरकारी सम्पत्ति तोडफोड गरी विध्वंसकारी गतिविधि गरेकै कारण सरकारले उनीहरुको गतिविधि निषेध गरिएको स्पष्ट पारे ।

“वर्तमान सरकार जनताको भएकाले राजनीतिक दल वा समूहको असहमतिलाई वार्ता र छलफलबाट सबै समस्याको समाधान गर्ने छ” गृहमन्त्री थापाले भने । मन्त्री थापाले विगतको वर्षभन्दा जनताले अनुभूत गर्ने गरी शान्ति सुरक्षामा गुणात्मक सुधार आएको चर्चा गर्दै उनले शान्ति सुरक्षा कायम राख्न वर्तमान सरकार दृढ रहेको समेत बताए ।

मन्त्री थापाले वर्तमान सरकार निर्माण भएको पहिलो वर्षलाई आधार वर्ष मानिएको बताउँदै यो वर्षलाई समृद्ध वर्षका रुपमा मनाउने हुँदा मुलुकभित्र द्रुतगतिमा आवश्यक पूर्वाधार निर्माण गर्ने धारणा व्यक्त गरे ।

वर्तमान सरकारले दुवै छिमेकी मुलुकलगायत अन्तर्राष्ट्रिय क्षेत्रसँग पारस्परिक हितका आधारमा मैत्री सम्बन्धमा सुधार गर्न सफल भएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology