सोमवार, असार २, २०७६

नेपाल समूह विजेता बन्दै सेमिफाइनल प्रवेश



काठमाडौं । थाईल्यान्डमा जारी एसीसी यू१६ इस्टन रिजन प्रतियोगिता नेपाल समुह ए को विजेता बन्दै सेमिफाईनलमा प्रवेश गरेको छ ।

विहीबार वर्षाको कारण नेपाल र घरेलु टोली थाईल्यान्डबीचको खेल रद्ध भएपछि दुवै टोलीले एक/एक अंक बाँडे । नेपाल ३ खेलमा २ मा जितका साथ ५ अंक जोड्दै शीर्ष स्थानमा रहेर सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसअघि २ सय ३५ रनको विशाल लक्ष्य पछ्याएको थाईल्यान्ड १.५ ओभरमा १ विकेट गुमाउँदा कुनै रन नबनाएको कारण वर्षाको कारण खेल रोकिएको थियो ।

खेल बर्षाले रोकिनु अघि थाइल्याण्डले १ ओभर ५ बलमा १ विकेट गुमाएर रन जोड्न सकेको थिएन् । नेपालका प्रसान्त महतले थाइल्याण्डले चावात्रीचाईलाई सुन्य रनमा आउट गरेका थिए । खेल नतिजाविहीन बनेसंगै नेपाल र थाइल्याण्डले १/१ अंक बाडेका छन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ३५ ओभर खेल्दै ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । नेपालको उच्च योगफलमा आशिस भट्टराईले ५८ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै बिशाल बिक्रम केसीले ३८ रन जोड्दा दिपक बोहराले ३५ रन बनाए ।

बिशाल कुमार पटेल २८ रनमा अविजित रहदा निखिल कुमार सिंह २२ रनमा अविजित रहे ।थाइल्याण्डका नारावेट नुन्ताराजले ३ तथा योड्साक सारानोननाकुनले २ विकेट लिए ।

यो खेलबाट एक अंक जोडेको नेपालले तीन खेलमा ५ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्न सफल भयो ।भएको हो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology