बिहिबार, असार १२, २०७६

प्रायद्वीपको ’परमाणु समस्या’समाधान गर्न किम र पुटिनबीच पहिलो पटक भेटवार्ता



एजेन्सी। उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादमिर पुटिनबीच पहिलो पटक भेट भएको छ। बिहिबार रुसले आयोजना गरेको शिखरवार्तामा उत्तर कोरियाली नेता किम र रुसका राष्ट्रपति पुटिनबीच पहिलो भेट भएको हो।

भ्लादिभोस्तोकको रस्की टापु शहरमा रहेको फार इस्टर्न फेडेरल युनिभर्सिटी परिसरमा सम्पन्न शिखरवार्तामा दुवै देशले बलियो सम्बन्धको प्रतिज्ञा गरेको जनाइएको छ।

रुसले उत्तरसँग कोरियाली प्रायद्वीपमा हुने तनाव अन्त्य गर्न भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेको छ। बुधबार नै रुस पुगेका किम र पुटिनबीच बिहिबारको शिखरवार्तामा कोरियाली प्रायद्वीपको ’परमाणु समस्या’को विषयमा वार्ता भयो।

वैठकमा रुसी राष्ट्रपति पुटिनले कोरियाली प्रायद्वीपमा हुने तनाव अन्त्य गर्ने विषयमा रुसले उत्तरलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। किमले रुस र उत्तर कोरियाको सम्बन्धको लामो इतिहास भएको बताउँदै अझ बलियो सम्बन्ध होस् भन्ने इच्छा व्यक्त गरे।

 अमेरिकासँग गत फ्रेब्रुअरीमामात्र उत्तर कोरियाको शिखरवार्ता असफल भएको थियो। त्यस असफसल शिखर वार्तापछि उत्तरले रुसको सहयोग खोजेर अमेरिकालाई दबाब सृजना गर्न खोजेको जनाइएको छ।

गतवर्षको जुन महिनामा अमेरिका र उत्तर कोरियाबीच पहिलो शिखर वार्ता भएको थियो। उत्तर कोरियाले अमेरिकासँग क्षेप्यास्त्र निशस्त्रीकरण गर्ने अनौपचारिक सम्झौता गरेको थियो।

त्यसयता कुनै क्षेप्यास्त्र परिक्षण नगरे पनि अमेरिकाले उत्तरमाथि लगाएको विभिन्न प्रतिबन्ध फुकुवा नगरेपछि यसै वर्षको फेब्रुअरीमा ट्रम्प र किमबीच दोस्रो शिखर वार्ता भयो।

तर ट्रम्पले उत्तरमाथिको पूर्ण प्रतिबन्ध नखुलाउने बताएपछि वार्ता असफल भयो। उत्तरले अमेरिकाले पूर्ण प्रतिबन्ध हटाउनु पर्ने माग गर्दै आएको छ।

अमेरिकासँग गत फेब्रुअरीको वार्ता अगाडि उत्तर कोरियाले चीनसँग समेत वार्ता गरेको थियो। अमेरिकासँगको वार्ता असफल भएलगत्तै उत्तर कोरियाली नेता किम रुस पुगेका हुन्।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology