बिहिबार, असार १२, २०७६

धर्म परिवर्तन गराउँदै हिडेका २ विदेशिसहित ५ जना पक्राउँ



दाङ । दाङ प्रहरीले प्रलोभनमा पारेर धर्म परिवर्तन गराउँदै हिँडेका पाँच जनालाई पक्राउँ गरेको छ ।

विभिन्न प्रलोभन देखाएर क्रिश्चियन धर्म प्रचार गरेको अभियोगमा मंलबार दाङ प्रहरीले घोराहिको एक होटलबाट दुई विदेशि नागरिकसहित ५ जनालाई पक्राउँ गरेको हो । पक्राउ पर्नेहरुमा अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तव, क्रिश्चियन समाजका महासचिव डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले रहेका छन् ।

उनीहरूको साथबाट बा १३ च ३१९६ स्कर्पियो गाडी, एक कार्टुन बाइबल, पैसा राखिएका खाम, दमको उपचारका क्रममा वाफ दिने मेसिन, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ। उनीहरु एउटा उद्देश्यले नेपाल आउने र नेपालका गाउँगाउँमा छिरेर अर्कै गतिविधि सञ्चालन गर्ने गरेको तथ्य उजागर भएको प्रहरीले बताएको छ।

पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको दाङका एसपी बेलबहादुर पाण्डेले जानकारी दिए। ‘हामीले अमेरिकी नागरिकलाई उनको नेपाल भ्रमणको अनुमति पत्र रद्द गर्दै देश निकाला गर्न आग्रहसहित पत्राचार गरेको केही दिन बितिसकेको छ,’ एसपी पाण्डेले भने, ‘अध्यागमन विभागले के गरिरहेको छ त्यो भने हाम्रो जानकारीमा छैन।’

सर्वसाधारणको गुनासको आधारमा अनुसन्धान गर्दै जाँदा पक्राउ परेका व्यक्तिहरुले धर्मान्तरण गराउन विभिन्न प्रलोभन दिनुका साथै पैसासमेत वितरण गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उप दफा २ बमोजिम जवरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology