बिहिबार, भदौ ५, २०७६

पुरातात्विक क्षेत्रमा प्रधानमन्त्रीको २५ मिनेट…

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौँ । विसं २०७२ मा यतिखेर देश शोकमग्न अवस्थामा थियो । कति मानिस ऐया र आत्था गर्दै पुरिएका संरचनाभित्र गुहार माग्दै थिए । कतिपय जीवनकै अन्तिम क्षणको अनुभूत गर्दै थिए ।

    कतै अलापविलाप, कतै कोही पुरिएका आफन्त निकाल्न कसरत गर्दै थिए । सरकार, सुरक्षा निकाय तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि उद्धार सामग्रीसहित भूकम्पले क्षति पु¥याएका क्षेत्रमा पुगेर उद्धारमा खटिएका थिए तर अहिले त्यो बेलाको चित्कार भुल्दै देश पुनःनिर्माणको महाअभियानमा जुटेको छ ।

    सरकार पनि भूकम्पबाट लागेको घाउमा मलम लगाउने प्रयासमा जुटिरहेको छ । पुरातात्विक महत्वका संरचना अहिले उठ्ने क्रममा छन् । यस्तैमध्येको एक संरचना काठमाडौँको त्रिपुरेश्वरमा रहेको ललितत्रिपुरासुन्दरी मन्दिर पनि हो । राजा रणबहादुर शाहकी पाँचौँ श्रीमती ललितत्रिपुरासुन्दरीले उनको स्मृतिमा बनाएको मन्दिर भूकम्पले क्षतविक्षत बनाएको थियो ।

    पुनःनिर्माणका क्रममा रहेको उक्त मौलिक र पुरातात्विक क्षेत्रको सम्पदा क्षेत्रमा शिल्पकारहरु काठमा विभिन्न आकृतिका बुट्टा कुँद्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली त्या पुगे । बिहान ११ः१० बजे मन्दिर प्रवेश गगरेका प्रधानमन्त्री ओली २५ मिनेट बिताएर त्यहाँको पुनःनिर्माणको अवस्थाबारे जानकारी लिए ।

    उनलाई काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. रामकण्ठ मकाजु र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःनिर्माणको अवस्थाबारे जानकारी गराए । त्यहाँ कोही मजदूर आरा चलाउँदै थिए, कोही काठमा बुट्टा कुँद्दै थिए भने कोही भित्ता उठाउँदै थिए । अधिकांश क्षेत्रमा आधाआधी काम भइसकेको देखिन्थ्यो ।

    पुनःनिर्माणले गति लिएकामा प्रधानमन्त्री ओलीको मुहारमा चमक देखिन्थ्यो । कलाकार तथा मजदूरको कामका गतिविधिबारे चाखपूर्वक अवलोकन गरेका प्रधानमन्त्री ओलीलाई आज नौमती र धिमेबाजा बजाएर स्वागत गरिएको थियो । आजै प्रधानमन्त्री ओलीले काठमाडौँको भूगोलपार्क र वसन्तपुर क्षेत्रको पुनःनिर्माणको अवस्थाबारेमा समेत स्थलगत निरीक्षण पनि गरेका थिए ।

    त्यहाँको पुनःनिर्माण परियोजना निर्देशक लोचन रिजालले भने, “प्रधानमन्त्रीले आज अवस्थाबारे निरीक्षण गर्नुभयो, उहाँ अर्को पटक आउँदा यो पूरा गर्ने हाम्रो प्रतिबद्धता छ ।”

    पुरातात्विक सम्पदालाई विश्वविद्यालयमार्फत अनुसन्धान र प्रयोगमा ल्याई शिक्षा दिने उद्देश्यले काठमाडौँ विश्वविद्यालयले पुनःनिर्माणको अगुवाइ गरिरहेको छ । “मुख्यतः कला सङ्गीतको दिगो विकास गर्ने नै हो, परम्परागत सीप र ज्ञानलाई प्रयोगमा नल्याउने हो भने यसको महत्व हुँदैनन्, समुदायलाई क्याम्पसमा जोड्न मात्रै खोजेको हो”, रिजालले थपे ।

    यहाँको क्षेत्र भूकम्प अगाडि दुरुपयोग भएको थियो । अहिले परम्परालाई नमासिने गरी सुन्दर उद्यानसहितको पुनःनिर्माणको काम जारी छ । अहिलेसम्म ३० प्रतिशत निर्माण भएको जनाइएको छ । पुनःनिर्माणमा बाजा बनाएर कमाएको रु १९ लाख तथा विश्वविद्यालयको रु दुई करोड छ भने थाई नागरिकबाट सङ्कलन भएको रु १७ करोड नेपाल सरकारमार्फत आएको छ । “सरकारलाई ठूलो धन्यवाद किन दिनुपर्छ भने ज्ञान र यहाँको मूर्त संरचनालाई जोडेर नयाँ शिक्षा र सिकाइ दिन खोजिएको छ”, रिजालले भने ।

    झण्डै १५ रोपनी जग्गामा फैलिएको यहाँ नौ रोपनी क्षेत्र शिवको मन्दिर छ । आकर्षक उद्यानसहितको पुनःनिर्माणको काम पाटन दरबार स्क्वायरको डिजाइन गर्ने कलाकार डा रोहित रञ्जितकारको डिजाइनमा काम भइरहेको छ ।

    प्राधिकरणका अनुसार ७७३ सांस्कृतिक सम्पदामध्ये २२४ पुनःनिर्माणको क्रममा रहेको र २१२ पुरानै अवस्थामा फर्किसकेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology