मङ्लबार, भदौ ३१, २०७६

‘…खै हाम्रो खुल्ला मञ्ज, ठेकेदारले खायो’

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काकठमाडौं । टुँडिखेलको खुलामञ्च मिचेर काठमाडौं महानगरपालिकाले अस्थायी बसपार्क बनाएको ठाउँमा ठेकेदार कम्पनीले सटर निर्माण गरेपछि स्थानीय सर्वसाधारण र संरक्षण अभियान्ता आन्दोलनमा उत्रिएका छन्।

    पुरानो बसपार्कमा भ्यू टावर निर्माणको ठेक्का पाएको जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्सले खुलामञ्चमा सटर बनाएर भाडामा लगाएको छ । यसरी जनता र राज्यको सार्वजनिक सम्पत्तिमा ठेकेदारको ब्रह्मलुटमा राज्य मौन रहेपछि जनस्तरबाट त्यसको विरोध भएको हो।

    खुलामञ्च बचाउ अभियानले सटर निर्माणस्थलमा बिहीबार बिहान प्रदर्शन गरेको हो। प्रदर्शनमा सहभागीले खुलामञ्च कहाँ छ खुला ?, जनताले चुनेर जन प्रतिनिधि बनायो, खुला मञ्चमा भष्ट्राचार गनायोुसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

    सार्वजनिक स्थल खुलामञ्चको रेखदेख गर्नुपर्ने जिम्मा काठमाडौं महानगरपालिकाको हो। खुलामञ्च मिच्ने विषय रोक्न महानगरपालिकाले कुनै पहल गरेको छैन। मेयर विद्यासुन्दर शाक्यले महानगरलाई स्मार्ट सिटी बनाउने भने पनि खुल्लामञ्च वेहाल अबस्था देखिन्छ ।

    रात्नपार्क र जमलको बीचमा रहेको रानीपोखरी खण्डहर बनेको छ । कान्तिपुरी नगरीलाई यस्तै बनाउँदै जाने हो भने कसरी कसरी सुन्दर र हराभरा राजधानी बन्ला भन्ने प्रश्न वर्तमान सरकार र महानगरपालिकाप्रति जनताले गरिरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology