बिहिबार, असार १२, २०७६

श्रीलंका बम आक्रमणमा संयोगले बाँचेका हङकङे जोडी



एससिएमपी । गत आइतबार श्रीलंकामा भएको श्रृंखलावद्ध बम आक्रमणमा एक जोडी संयोगले बाँचेका छन् । त्यस घटनाबाट अहिलेसम्म ३ सय ६० जनाको ज्यान गइसकेको छ भने ५ सयभन्दा बढी घाइते छन्।

तीन पाँच तारे होटल र तीन चर्च लक्षित आत्मघाती बम आक्रमणमा ३७ जना विदशी पर्यटकको मृत्यु भएको छ। तर एक जोडि भने नास्ता गर्न समयमा नझरेका कारण बाँचेका छन् ।
बम विष्फोट भएको तीन तारे होटलमध्ये एक साँग्रिला होटल थियो । जहाँ एक हङकङ जोडी बसेका थिए। पाँच तारे होटल साँग्रिलामा बम आक्रमणहुँदा धेरैले ज्यान गुमाए।

आइतबार उ लि–चुन र उनका श्रीमान रायन सु जिन साँग्रिला होटलमा थिए। योगाका प्रशिक्षक उ लि–चुनले आफ्ना श्रीमानलाई नास्ताको लागि उठाउन खोजिन्। तर श्रीमान नउठेपछि उनी पनि नास्ता खान तल रेस्टुरामा गइनन्। सँधै नास्ता खाने समयभन्दा ३० मिनेट अगाडि उठेर तल झर्ने उनी त्यस दिन श्रीमानको निन्द्राले तल गइनन्।

विहान पौने ९ बजिसकेको थियो। उनले होटलको माथिबाट तलको शहर हेरिन्। त्यसैसमय साँग्रिला होटलको तल ठूलो विस्फोट भयो।

साँग्रिलाको रेस्टुरामा नास्ता खानेबेला धेरै मानिस हुन्छन्। त्यहाँ धेरै मानिसले ज्यान गुमाए। ‘सायद नास्ता खान तल झरेको भए हामी संसारमा रहँदैन थियौं होला।’ उनीहरुले भने।

आफूहरु धन्नले बाँचेले उनीहरुले स्काइपमा एससिएमीलाई सुनाए। सन् २०१७ मा विवाह गरेका उनीहरु हङकङमा बस्छन्।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology