बिहिबार, असार १२, २०७६

सरकारले हावाहुरी प्रभावितको घर बनाउन सेनालाई दियो ८४ करोड ६८ लाख



काठमाडौं । सरकारले बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट क्षति हुन पुगेका घरहरुको निमार्णका लागी नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

गत ५ र १० गते बसेको मन्त्रिपरिषद बैठकका निर्णय बिहिबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले १४ सय ५३ घरहरुको पुननिर्माणका लागि आवश्यक ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ नेपाली सेनालाई उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए।

बारा र पर्सामा हावाहुरीबाट भत्किएका घर पुनर्निर्माणको जिम्मा सेनालाई दिने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो ।

सरकारले दिएको रकम र घरधुरी संख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो । २०७५ गत चैत १७ गते आयोको हावाहुरीबाट २९ जनाको मृत्यु, ६ सय हाराहारीमा घाइते भएका थिए।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology