बिहिबार, भदौ ५, २०७६

तत्काल एनसेलबाट कर असुल नगर्न सर्वाेच्च अदालतको अर्काे आदेश

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौं । एनसेलबाट तत्काल कर असुल नगर्न सर्वोच्च अदालतले अर्काे आदेश जारी गरेको छ । लाभकर विवादमा पुनः सर्वाेच्च अदातल पुगेपछि यस्तो आदेश आएको हो । न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले दुवै पक्षको छलफल नभएसम्म एनसेलसँग कर लिने कार्य नगर्न ठूला करदाता कार्यालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । २४ बैशाखमा दुवै पक्षलाई छलफलका लागि सर्वाेच्च अदातलमा बोलाइएको छ ।

    प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको इजलासले एनसेलसँग लाभकर असुल गर्न एक महिनाअघि आदेश दिएको थियो । कर तिर्न अटेरी गर्दै एनसेल फेरी सर्वाेच्च अदालत पुगेको थियो । एनसेलको मुद्दामा सुनुवाई गर्दै फेरी आज सर्वाेच्च अदालतले अर्काे आदेश जारी गरेको छ ।

    सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै छलफलमा बोलाएको समयभित्र एनसेलसँग कर नलिन सरकारलाई निर्देशन दिएको छ । सर्वोच्चको अन्तरिम आदेशपछि एनसेल लाभकर विवाद अझै केही समय लम्बिने देखिएको छ। ठूला करदाता कार्यालयले निर्धारण गरेको करविरुद्ध एनसेल सोमबार सर्वोच्च अदालत पुगेको थियो ।

    एनसेलका तर्फबाट कानुन अधिकृत रमेश घिमिरेको तर्फबाट प्रशन्न श्रेष्ठले उक्त रिट वारेस राखी दर्ता गरेका थिए। एनसेलले आफूले दुई आर्थिक वर्षमा रकम बुझाएको दाबी गर्दै अब १४ अर्ब ३६ करोड मात्र लाभकर बुझाउनुपर्ने दाबी गरेको थियो। ठूला करदाता कार्यालयले भने एनसेलले अब ३९ अर्ब ६ करोड ६ लाख तिर्नुपर्ने भनी कर निर्धारण गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology