बिहिबार, भदौ ५, २०७६

यसकारण नानीहरुका लागि घातक हुन्छ मोवाइल

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौं । स–साना नानीहरू अहिले मोबाइलका गेम तथा टिभीमा आउने कार्टुनमा निकै रमाएको पाइन्छ । अभिभावकहरू पनि चकचक र बदमासीमा नलाग्ने हुँदा नानीहरू मोबाइलमा रमाउँदा राहतको अनुभव गर्छन् । यद्यपि अत्यधिक मोबाइल प्रयोगले नानीहरूलाई गर्ने क्षतिका बारेमा अभिभावकहरू समयमै जानकार हुनुपर्छ ।

    अध्ययन–अनुसन्धानहरूले मोबाइलमा धेरै गेम खेल्ने, हेर्ने तथा सामाजिक सञ्जाल चलाउने बानीले कालान्तरमा नकारात्मक असर पर्ने प्रमाणित गरेका छन् । जसरी लागूऔषध सेवन गर्ने व्यक्तिले चाहेको बेलामा त्यस्ता पदार्थ नपाउँदा अस्वाभाविक व्यवहार देखाउँछन् त्यसैगरी मोबाइलमा गेम खेल्ने लत लागेका बालबालिकाले चाहेको समयमा खेल्न नपाउँदा अस्वाभाविक गतिविधि प्रस्तुत गर्छन् ।

    मोबाइलको प्रयोगबाट नानीहरूले केही हदसम्म नयाँ कुरा सिके पनि समग्रमा उनीहरूलाई अरु धेरै घाटा भैरहेको हुन्छ । नानीहरूलाई मोबाइलको लतबाट जोगाउने केही सरल उपाय पनि छन् । जस्तै– मोबाइल नानीहरूले नभेट्ने ठाउँमा राख्नुपर्छ ।साना शिशुहरूलाई सकेसम्म घरमा एक्लै छाड्नु हुँदैन र उनीहरूका गतिविधिका बारेमा नियमित अनुगमन गरिरहनुपर्छ ।

    मोबाइलमा उनीहरू कुन गेम, कार्टुन, भिडियो वा चित्रमा आकर्षित छन् त्यसको निरीक्षण गरी बाहिर सोही कुरामा इन्गेज गराउँदा बालबालिकामा सिर्जनशीलता बढ्नुका साथै ऊनीहरूको सक्रियता अतिरित्त क्रियाकलापमा वृद्धि हुँदै जान्छ ।

    सर्वोत्तम नारीबाट

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology