मङ्लबार, भदौ ३१, २०७६

यस्ता छन् नेपाल टेलिकमको ‘विद्यार्थी’ अफर

  • प्रकाशित मिति : बिहिबार, बैशाख १२, २०७६



  • काठमाडौं । नेपाल टेलिकमले एसइई दिएका र अन्य विद्यार्थीका लागि उपलब्ध ल्याएको अफरलाई निरन्तरता दिएको छ। कम्पनीले एसइई दिएका र उच्च शिक्षा अध्ययनरत विद्यार्थीका लागि उपलब्ध गराएको ‘विद्यार्थी अफर’ लोकप्रिय भएकाले निरन्तरता दिइएको जनाएको छ।

    ‘विद्यार्थी अफर’अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ टक भ्यालु भएको सिम निःशुल्क उपलब्ध गराइएको छ। यो रकममध्ये १० रुपैयाँबाट कल गर्न, डाटा खरिद गर्न वा एसएमएस गर्न सकिने सुविधा छ।

    त्यस्तै, बाँकी ४० रुपैयाँबाट ४० मिनेट कल गर्न, ६० एमबी डाटा खरिद गर्न र २० वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध गराइएको छ। यी सबै सुविधा ३० दिनभित्र उपभोग गरिसक्नु पर्ने व्यवस्था गरिएको छ।

    यसका साथै ‘विद्यार्थी अफर’अन्तर्गतको सिम लिएका विद्यार्थीलाई ६ महिनासम्म बोनसको रुपमा प्रतिमहिना ४० मिनेट भ्वाइस कल गर्ने, ६० एमबी डाटा चलाउने र २० वटा एसएमएस पठाउने सुविधा समेत उपलब्ध गराएको छ। यो सुविधा उपभोग गर्ने समयावधि भने सात दिनको मात्रै रहेको छ।

    त्यसैगरी यो अफर अन्तर्गत दर्ता गरिएका सिममा ५० रुपैयाँ वा त्यसभन्दा बढी रकम रिचार्ज गर्दा एक वर्षसम्म प्रत्येक रिचार्जमा बोनस उपलब्ध गराउने व्यवस्था गरिएको छ। ५० रुपैयाँ रिचार्ज गर्दा बोनसअन्तर्गत १० मिनेट भ्वाइस कल गर्न र ५० एमबी डाटा खरिद गर्न सकिने छ। रिचार्ज गरिसके पछि यो सुविधा तीन दिनभित्र उपभोग गरिसक्नु पर्ने छ।

    यस अफरअन्तर्गत उपलब्ध सुरूको १० रुपैयाँबाहेक अन्य रकमबाट नेपाल टेलिकमकै नेटवर्कभित्रका नम्बरमा मात्र भ्वाइस कल गर्न र एसएमएस पठाउन सकिने छ।

    यो अफर २०७६ असार २६ गतेसम्म उपलब्ध गराइनेछ। अफरअन्तर्गत प्राप्त प्याकेज भने सिम एक्टिभ भएको ६ महिनासम्म उपलब्ध हुनेछ भने रिचार्जमा प्राप्त बोनस एक वर्षसम्म उपलब्ध हुनेछ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology