बिहिबार, असार १२, २०७६

बहालवाला शिक्षामन्त्रीलाई पूर्व शिक्षामन्त्रीको सार्वजनिक कटाक्षः कुरा सुधारको काम सभाको ?



काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल पूर्व शिक्षामन्त्री धनीराम (डीआर) पौडेलले सामाजिक सञ्जालबाट कटाक्ष गरेका छन् । कुरा विद्यालय र शैक्षिक गुणस्तरका तर काम सभा र भेलामा सिमित भन्दै उनले कटाक्ष गरेका छन् ।

भक्तपुरको बोडेमा ११ र १२ बैशाखमा सार्वजनिक विद्यालय सुधारका लागि आयोजना गरिएका राष्ट्रिय सम्मेलन उपलब्धिहीन भएको अधिकांशको आरोप लागिरहेका बेला पूर्वशिक्षामन्त्रीले पनि कटाक्ष गरेका छन् । ‘सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तीकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?’ सामाजिक सञ्जालमा वर्तमान शिक्षामन्त्री पोखरेललाई पूर्वमन्त्रीले कटाक्ष गरेका छन् ।

यस्तो छ फेसबुक स्ट्याटस

सार्वजनिक विद्यालयको रुपान्तरण, सबलीकरण, सशक्तिकरण र सुदृढीकरण नीति, विधि, योजना र कार्यक्रमबाट हुने हो कि सम्मेलन र भेलाले हुने हो ?

आफैले आफ्नै मन्त्रीको अध्यक्षतामा गठन गरेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले ५,महिना सात दिन लगाएर तयार गरेको सार्वजनिक विद्यालयको प्रवर्धनका सुझाव र सिफारिस सहितको प्रतिवेदनसहित नीति, विधि र कानूनका मसौंदा घर्रामा थन्क्याएर देशभरीबाट सार्वजनिक विद्यालयसँग संबद्ध केही मान्छे काठमाडौंमा बोलाएर भाषण सुनाएर पठाएपछि सार्वजनिक विद्यालयको सबलीकरण र सुदृढीकरण हुन्छ, तिनले गुणस्तरीय शिक्षा दिन थाल्दछन् भन्ने ठूलो भ्रममा सरकार परेको देखियो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय त्यसमा फसेको हो कि फसाइएको हो ?

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology