शनिबार, साउन ४, २०७६

खुलामञ्च लुट्ने भूमाफिया र सत्तासिन मतियारलाई पाता कस्न डा.भट्टराईको अपिल

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हाकाहाकी खुल्लामञ्च लुट्ने लुटेरालाई तत्काल कारवाही गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल मार्फत उनले खुल्ला मञ्च हाकाहाकी लुट्नेमा राज्य सञ्चालकको पनि मिलेमतो भएको बताएका छन् ।
    ‘ऐतिहासिक खुलामन्च भूमाफिया र तिनका सत्तासीन मतियारहरूले हाकाहाकी लुट्नु जघन्य अपराध र देशद्रोह हो’, सामाजिक सञ्जालमा भट्टराईले लेखेका छन् ‘अपराधीलाई पाता कसौं, खुलामन्चलाई खुला गरौं ।’ भटराईले खुल्ला मञ्च नेपालको एतिहाँसिक मञ्च भएको बताएका छन् । काठमाण्डौलाई प्राणवायु प्रदान गर्ने र जनतालाई लोकतान्त्रिक अधिकार प्रत्याभूत गर्ने खुल्ला मञ्च हाकाहाकी लुटिएको उनले बताए ।
    ऐतिहासिक तथा सांस्कृतिक महत्वको खुला मञ्च जलेश्वर स्वच्छन्द बिकोइ बिल्डर्स नामक ठेकेदार कम्पनीले हाकाहाकी लुटेर बिक्री गरेको छ । पाँच करोड अग्रीम भुक्तानी लिएर मनोजकुमार भेटवालको स्वच्छन्द बिल्डर्सले सार्वजनिक जग्गामा ४० वटा सटर निर्माण गरिसकेका छन् । तर त्यसको औपचारिक जानकारी न त काठमाडौं महानगरपालिकालाई छ नत नेपाल सरकारलाई । ऐतिहासिक खुल्ला मञ्च हाकाहाकी लुट्ने र मासिक १५ लाख भाडा संकलन गर्ने भेटवाललाई कारवाहीको माग गर्दै प्रर्दशन हुन थालेको छ । यहाँबाट वार्षिक एक करोड ८१ लाख ५० हजार भाडा उठ्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology