सोमवार, असार २, २०७६

बीआरआई साझा विकास लक्ष्य हासिल गर्ने प्रयास हाे: चीनीयाँ राष्ट्रपति सी



काठमाडौं । चीनले आयोजना गरेको बेल्ट एण्ड रोड इनियिसयटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय शीखर सम्मेलन बेइजिङमा शुक्रबार बिहान सुरु भएको छ ।

शुक्रबार बिहान उद्घाटन समारोहमा चीनका राष्ट्रपति सी चिनफिङले ‘बीआरआईले कनेक्टिभिटि र व्यवहारिक सहकार्यलाई बढाउने  साझा विकास लक्ष्य हासिल गर्ने प्रयास भएको बताएका छन् । बीआरआई परियोजना कार्यान्वयनको चरणमा रहेको र व्यवहारिक सहकार्य हासिल गर्नु  यसको लक्ष्य रहेको  सीकाे भनाइ छ ।

बीआरआईले विकासशील राष्ट्रहरूका लागि नयाँ अवसर सिर्जना गर्ने र चीनको खुल्लापन तथा सुधारको क्षेत्रमा नयाँ परिदृश्य खोल्ने सीले बताए।

चीन भ्रमणको दोस्रो दिन बिहिबार बेइजिङ पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको नेतृत्वमा रहेको नेपाली टोली शुक्रबार बिहान बीआरआई उद्घाटन समारोहमा सहभागी भएको छ।

चीनका राष्ट्रपति सी चिनफिङको पहलमा अगाडि बढेको बीआरआई परियोजनामा नेपालले दुई वर्षअघि हस्ताक्षर गरेको थियो। जसअन्र्तगत अहिले नेपालले कनेक्टिभिटि र जलविद्युत सहित ९ वटा परियोजनाहरू प्रस्ताव गरेको छ।

१५० देश तथा संगठनले बीआरआई परियोजनामा चीनसँग हस्ताक्षर गरेको जनाउँदै सीले भने, ‘पहिलो बीआरआई सम्मेलनको निर्णय सफलतापूर्वक लागू गरिएको छ।’

चीनले अगाडि सारेको बीआरआई परियोजनामा १५० बढी देश सहभागी भएको भन्दै सीले पहिलो सम्मेलनको लक्ष्य अनुसार परिणाम आएको बताए।

गत वर्ष भएको पहिलो बीआरआई सम्मेलनमा पनि नेपाल सहभागी भएको थियो। यसपाली दक्षिण एशियाबाट नेपालका राष्ट्रिपति र पाकिस्तानका प्रधानमन्त्री सम्मेलनका महत्वपूर्ण सहभागी हुन्। बीआरआईप्रति असहमती जनाउँदै आएको भारतले सम्मेलनमा सहभागिता जनाएको छैन।

तीन दिनसम्म चल्ने सम्मेलनमा ३७ देशबाट राष्ट्र तथा सरकार प्रमुख र उच्च नेताहरू सहभागी भएका छन्।

बीआरआई सम्मेलनमा सीकाे उद्घाटन मन्तव्य

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology