बिहिबार, असार १२, २०७६

मनमोहनको शालिक अगाडी प्रधानमन्त्रीको शिर झुक्यो, पूर्वमाओवादी नेताको कसिलो सलाम



काठमाडौं । नेपालको इतिहासमा स्वर्णीम सरकार चलाएका कम्यूनिष्ट पहिलो प्रधानमन्त्री मनमोहन अधिकारीको आज २० औं स्मृति दिवस । लोककल्याणकारी राज्य सञ्चालन गरेरे जनतालाई अधिकार, बृद्धलाई सम्मान, कर्मचारीलाई हौसला प्रदान गरेका मनमोहन अधिकारी नेपालको इतिहासमा सवैभन्दा सफल प्रधानमन्त्री हुन् । उनको ९ महिने कार्यकालले जनतालाई अधिकार सम्पन्न मात्र गराएन, नेपालमा कम्यूष्टिहरुको जरालाई बलियो बनाइ दिएको थियो ।

उनै प्रधानमन्त्री अधिकारीको शालिक अगाडी आज प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री इश्वर पोखरेलले शिर झुकाएका छन् । अधिकारी प्रधानमन्त्री हुँदा ओली गृहमन्त्री थिएँ । ओलीले पनि मनमोहनकै शैलीका सरकार चलाउने अपेक्षा धेरेको थियो । तर उनी मनमोहन बन्न सकेनन् ।

शुक्रवार मनमोहनको अगाडी उनले शिर झुकाएका छन् । मनमोहनको स्मृतिमा नेकपाका नेताहरु पुगेका थिए । पूर्व एमालेका नेताहरुले शालिक अघि शिर झुकाए भने पूर्वमाओवादीका नेताहरुले कसिलो मुठ्ठि कसेर सलाम गरे ।

विसं १९७८ मा जन्मिएका मनमोहनको २०५६ साल बैशाख १३ गते निर्वाचनकै क्रममा मृत्यु भएको थियो । जीवनको अन्तिम समयमा पनि देश र जनताका लागि खट्टिएका मनमोहन गैर कम्यूनिष्टका लागि पनि लोकप्रिय राजनेता थिए । २००३ सालमा विराटनगरको जुटमिल आन्दोलनबाट राजनीतिमा आएका मनमोहन १७ बर्ष जेल जीवन बिताएका थिए ।

शुक्रवार मनमोहनको स्मृतिमा प्रधानमन्त्री ओली, उपप्रधानमन्त्री इश्वर पोखरेल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, महासचिव बिष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ, पम्फा भूसाल सानेपा पुगेका थिए । मनमोहनको शालिकमा माल्यापर्ण गर्दा प्रधानमन्त्री ओलीले शिर झुकाएका थिए भने पूर्वमाओवादी नेताहरुले कसिलो सलाम गरेका थिए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology