शनिबार, साउन ४, २०७६

सिराहमा २१ बर्षीया महिलालाई ज्यूँदै जलाइयो, कस्ले लगायो मट्टितेल छर्केर आगो ?

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • सिराह । सिराहमा एक महिलालाई ज्यूदै जलाइएको छ । सिरहा नगरपालिका वडा नम्बर ८ का बेचन मण्डलकी श्रीमती २१ वर्षीया कञ्चन मण्डललाई मट्टितेल छर्केर आगो लगाइएको प्रहरीले जनाएको छ ।

    ज्यूदै जलाएपछि शक्त घाइते भएकी कञ्जनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएको छ । डाक्टरहरुले त्यहाँ उपचार हुन नसक्ने बताएपछि काठमाडौं ल्याउने तयारी गरिएको छ । कञ्चनको शरीरको ८० प्रतिशत भाग जलेको र अवस्था गम्भीर रहेको सिरहा प्रहरी प्रवक्ता नायब उपरीक्षक माधव खरेलले बताए । तर कञ्चनलाई कसले आगो लगायो ? त्यो भने खुल्न सकेको छैन ।

    ‘दुई खालका कुरा आएका छन्, अरूले आगो लगाइदिएका हुन् कि उनी आफैंले भन्ने प्रस्ट भइसकेको छैन, अनुसन्धान गर्दैछौं,’ प्रहरी प्रवक्ताले भने , ‘उनका सासू तथा छिमेकीलाई ल्याएर सोधपुछ गरिरहेका छौं, श्रीमान् भने फरार छन्।’

    धनुषामा केही दिनअघि एक महिलालाई ज्युँदै आगो लगाएर मार्ने प्रयास गरिएको थियो । धनुषामा घटना भएको एक साता नबित्दै अर्काे जघन्य अपराध सिराहमा घटेको छ । वैशाखमा धनुषाको शहीदनगर नगरपालिका १ की २० वर्षीया निर्मला यादवलाई पति मुकेश यादवले शरीरमा मट्टीतेल खन्याएर आगो लगाइदिका थिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology