आइतवार, भदौ १, २०७६

राष्ट्रिय परिक्षा बोर्डलाई कक्षा ११ र १२ को परिक्षा मर्यादित बनाउन २२ बुदे निर्देशन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौं । शिक्षा मन्त्रालयले राष्ट्रिय परिक्षा बोर्डलाई कक्षा ११ र १२ को परिक्षालाई व्यवस्थित र मर्यादितरुपमा सञ्चालन गर्न
    निर्देशन दिएको छ ।

    माध्यामिक शिक्षा परिक्षा अन्तरगर्त कक्षा १२ को वैशाख १५ र कक्षा ११ को वैशाख २९ गतेबाट परीक्षा हुँदै छ। यी परीक्षालाई व्यवस्थित, मर्यादित बनाउन शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले परीक्षालाई व्यवस्थित, मर्यादित र भयरहीत रूपमा सञ्चालन गर्न निर्देशन दिइएको एक विज्ञप्ति जारी गरेर जनाएका छन।

    २०७५ सालको एसइई परीक्षामा प्रदेश २ मा प्रश्न पत्र बाहिरिएर परीक्षा रद्द गर्नुपरेपछि मन्त्रालय र परीक्षा बोर्ड कक्षा ११ र १२ परीक्षा सुरु हुनु पहिले नै सचेत भएको हो। मन्त्री पोखरेलले परीक्षाको लागि अनुकूल वातावरण सिर्जना गर्न तथा परीक्षाका क्रममा हुनसक्ने अनियमित गतिविधि रोकथामका उपाय अपनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डलाई २२ बुँदे निर्देशन दिएको जानकारी दिए।

    मन्त्रालयका सचिव खगराज बरालको संयोजकत्वमा गठित समितिले कक्षा ११ र १२ को परीक्षा मर्यादित रूपमा सञ्चालन गर्ने गराउने सम्बन्धमा राष्ट्रिय परीक्षा बोर्डलाई निर्देशन दिएको हो। बैशाख १५ बाट सुरु हुने ११ र १२ को परीक्षा जेठ ८ गते सकिने छ। निर्देशनमा सुरक्षा निकायमा रहेका परीक्षा सम्बन्धी सामाग्री कुनै पनि हालतमा निर्दिष्ट पदाधिकारी बाहेक अरुलाई नबुझाउन कडा निर्देशन दिइएको छ।

    परीक्षार्थी परीक्षा हलमा मोबाइल फोन लगेको भेटेमा तत्काल जफत गरी शुरक्षाकर्मी मार्फत जिल्ला प्रहरी कार्यालयमा बुझाउने र जिल्ला प्रहरी कार्यालयले मोबाइल प्रयोग सम्बन्धमा अनुसन्धान गर्ने र परीक्षा सम्पन्न भएपछि मात्र अभिभावकलाई बुझाउन निर्देशनमा उल्लेख छ । परीक्षा हलभित्र कसैलाई फोटो खिच्न, अडियो, भिडियो रेर्कड गर्न निषेध गर्ने र त्यस्तो कार्य कसैबाट भएको पाइएमा तत्काल दण्डित गर्नुपर्ने निर्देशन दिइएको छ।

    निरीक्षकले परीक्षा मर्यादा विपरीतका कार्य रोक्ने प्रयास नगरेको वा नसकेको अवस्था केन्द्राध्यक्षले उक्त निरीक्षकलाई हटाई अमर्यादित कार्य रोक्न सक्ने शिक्षकलाई मात्र निरीक्षकको रूपमा नियुक्ति गर्नुपर्ने निर्देशनमा उल्लेख गरिएको छ ।

    हर्नेुहोस निर्देशन:

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology