आइतवार, भदौ १, २०७६

गुल्मीमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • तम्घास । गुल्मीको मुसिकोट नगरपालिका– ४ अन्तर्गत वडागाउँको दजाकोटमा दूषित पानीका कारण फैलिएको झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । उक्त गाउँमा पाँच किलोमिटर टाढाको टङ्कीमार्फत ८५ घरपरिवारलाई वितरण गरिँदै आएको पानी अचानक दूषित बनेका कारण गत आइतबारदेखि त्यहाँका स्थानीयमा झाडापखालाको लक्षण देखिएको थियो ।

    स्थानीयवासीले उक्त पानी पिउँदै जान थालेपछि झाडापखालाले बिहीबार बेलुकीसम्म ९८ जना बिरामी परेकामा आज बिहानसम्म उक्त सङ्ख्या बढेर एक सय नाघेको स्थानीय जनप्रतिनिधि हरि छन्त्यालले जानकारी दिए । उक्त मुहानको पानी उमालेर खाँदा पनि मानिसमा बेहोस हुने, वाकवाकी लाग्ने, टाउको दुख्ने, पखाला लाग्ने र ज्वरो आउने जस्ता समस्या देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत महेश श्रेष्ठले जानकारी दिए ।

    बिरामी परेकामध्ये तीन जनाको गुल्मी अस्पताल तम्घास, एक जनाको बुटवलस्थित गौतमबुद्ध र अन्य केही व्यक्तिको सोही ठाउँमा सञ्चालन गरिएको अस्थायी स्वास्थ्य शिविरमा उपचार भइरहेको बताइएको छ । स्थानीयवासीले पानी उमालेर खाँदा पनि समस्या समाधान नभएपछि उक्त गाउँमा आजदेखि ट्याङ्करमा पानी बोकेर खानेपानी वितरण गर्न थालिएको छ ।

    झाडापखालाको प्रकोप देखिएको उक्त ठाउँमा बिहीबार जिल्ला जनस्वास्थ्यको टोली पुगेर बिरामीको उपचार गरी स्थीति सामान्य बनेपछि सदरमुकाम फर्किसकेको छ । प्रकोप क्षेत्रमा दूषित पानी पिएका कारण स्थानीय पशुपति निम्न माध्यमिक विद्यालयका केही विद्यार्थीसमेत बिरामी परेका छन् ।

    विद्यार्थी बिरामी परेपछि उक्त विद्यालय समेत बन्द गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology