बिहिबार, असार १२, २०७६

नेपालीको प्रतिव्यक्ति आय एक हजार ३४ डलर पुग्यो, आर्थिक वृद्धिदर ६.८१ प्रतिशत



काठमाडौं । यसवर्ष नेपालीको प्रतिव्यक्ति आय वृद्धि भई वार्षिक एक हजार ३४ अमेरिकी डलर पुगेको छ।

शुक्रबार राष्ट्रिय तथ्यांक विभागले सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार गएको वर्षको तुलनामा यस वर्ष २६ डलर वृद्वि भइ एक हजार ३४ डलर पुगेको हो। त्यसैगरी, यो वर्ष आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रहने तथ्यांक विभागको अनुमान गरेको छ । यो सँगै सरकारले तेस्रो पटक उच्चदरको आर्थिक वृद्वि हासिल गर्ने देखिएको हो।

नेपालको कुलग्राहस्थ उत्पादन ३४ खर्ब रुपैयाँ आधार मूल्यमा पुगेको छ भने कुलगार्हस्थ उत्पादनमा ८० प्रतिशत उपभोग खर्च भएको छ।

कुलगार्हस्थ उत्पादनमा प्रदेश तीनको योगदान ४० प्रतिशत रहेको छ। सरकारले यस वर्ष मात्रै ८ प्रतिशत आर्थिक वृद्धिदर पुर्‍याउने लक्ष्य लिएको थियो।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology