बिहिबार, भदौ ५, २०७६

थप जनसंघर्षका कार्यक्रम तय गर्न राप्रपा आन्तरिक छलफलमा

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौं । सोमबार सरकारसंग वर्ता गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वार्ता र संर्घषलाई समानान्तर रुपमा लैजाने गरी तयारी थालेको छ।

    राप्रापाले जनसंघर्षका कार्यक्रमहरुलाई प्रभावकारी ढंगले सम्पन्न गर्न जनसंघर्षको तयारीलाई तीव्रता दिएको छ। पार्टीका वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्ष परिचालन समितिका कमाण्डर बुद्धिमान तामाङको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्पन्न उपस्थित केन्द्रीय पदाधिकारीहरु तथा प्रदेश प्रमुखहरुको संयुक्त बैठकमा आगामी जनसंघर्ष र संगठन सुदृढीकरण सम्बन्धी छलफल भएको राप्रपाले जनाएको छ ।

    बैठकमा सहभागिहरुले जनसंघर्षका आगामी कार्यक्रमहरु भव्य एवं प्रभावकारी बनाउन विभिन्न सुझावहरु प्रस्तुत गरेका छन् । राप्रपाले सरकारसँगको वार्ता र संर्घषलाई समानान्तर रुपमा अगाडि बढाउने भन्दै यसमा विरोधभाषपूर्ण केही नभएको राप्रपाका नेता मोहन श्रेष्ठले बताए।

    ‘वार्ता पनि जारी छ। पहिलो चरणको वार्ता सौहार्दपूर्ण ढंगले सम्पन्न भयो,’ उनले भने, ‘वार्तामा दुबै पक्षले आन्तरिक छलफल गरी अर्को वार्ता बस्ने सहमति भएको छ। यसबीच पार्टीको संघर्ष समितिले संगठन सुदृढिकरण र संघर्षका कार्यक्रम बारेमा पनि छलफल गरिरहेको छ।’

    हिन्दुराष्ट्र पुनस्थापना लगायतका २२ बुँदे माग अघि सारेर गत फागुन ७ गतेदेखि राप्रपाले शान्तिपूर्ण आन्दोलन गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology