मङ्लबार, भदौ ३१, २०७६

ग्रेटर नेपालका अध्यक्षमाथि बैंकिङ कसुर अभियोग

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौं । बैंकिङ कसुर अभियोगमा पक्राउ परेका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल प्रहरीको प्रारम्भिक अनुसन्धानमा दोषी देखिएका छन् ।

    नेपाललाई नरेशकुमार न्यौपानेले दिएको जाहेरीको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाललाई वैशाख १० गते निवासबाटै पक्राउ गरेको थियो ।

    परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले मुद्दा अगाडि बढाउनुभन्दा पहिला बैंकबाट पैसा बुझे÷नबुझेको कागजपत्रहरु झिकाएर अनुसन्धान गरिरहेको बताएका छन् ।

    ‘यो मुद्दा फौजदारी हो । त्यसैले थुनामा राखेर अनुसन्धान भइरहेको छ । चेक बाउन्स भइसकेपछि दोषी को हो भनेर भनिराख्न पर्दैन,’ डिएसपी बोगटीले भने ।

    प्रहरीले अनुसन्धानका लागि नेपाललाई ७ दिनको थप म्याद थपेको छ । अनुसन्धानपछि प्रमाणका आधारमा उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

    नेपालले २०७५ मंसिर २१ गते नरेशकुमार न्यौपानेलाई ६ लाख रुपैयाँको चेक दिएको र त्यो बाउन्स भएपछि न्यौपानेले प्रहरीमा उजुरी दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology