आइतवार, भदौ १, २०७६

मेयर शाक्यले भीमसेनदासलाई भने-दाई उपमेयरलाई सम्झाईदिनोस, कांग्रेसकै हुनुहुन्छ !

  • प्रकाशित मिति : शुक्रबार, बैशाख १३, २०७६



  • काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपमेयर हरिप्रभा खड्गीलाई सम्झाइदिन नेपाली कांग्रेसका नेता भीमसेनदास प्रधानसँग आग्रह गरेका छन् । खुलामञ्च भूमाफियाले कब्जा गरेको बिषयमा छलफल गर्न काठमाडौंका सांसद समेत रहेका प्रधान महानगरपालिका पुगेका थिए । महानगरपालिका पुगेका प्रधानसँग मेयर शाक्यले उपमेयरका गुनासा सुनाउँदै सम्झाइ दिन आग्रह गरे ।

    नगर परिषद् बैठकबाट उपमेयर हरिप्रभा खड्गीलाई खुलामञ्चमा बनिरहेका सटर अनुगमन गरी खाली गराउन निर्देशन दिएको थियो तर उहाँले निर्देशनअनुसार काम गर्नुभएन,’ प्रधानसँग गुनासो सुनाउँदै मेयर शाक्यले भने ‘उहाँले समयमै प्रतिवेदन दिनुभएको भए अहिलेसम्म सटर खाली गराउने काम भइसक्थ्यो, तपाईंहरू यहाँ आउनैपर्ने थिएन, न त हिजो विरोध गर्नुपर्थ्यो।’

    खुल्लामञ्च अतिक्रमणका बिषयमा कुरा गर्न पुगेका प्रधानसँग उनले उपमेयरमाथी दोष थुपारे । आफुले दिएको निर्देशन उपमेयरले अटेरी गर्ने गरेको बताए । ‘मैले भनेर त उहाँले मान्नुभएन। अब भिमसेन दाइले भन्दिनुपर्यो। तपाईंकै पार्टी नेपाली कांग्रेस हो,’ उनले आक्रोसित हुँदै भने, ‘भिमसेन दाइहरूले जति छिटो काम गर्नू भन्नुहुन्छ, त्यति चाँडो प्रतिवेदन आउँछ, त्यसपछि हामीलाई कारबाही गर्न सजिलो हुन्छ।’

    मेयर शाक्यले नगरपालिका र मेयरलाई बद्नाम गर्ने काम मात्र भएको बताए । विधिवत ढंगबाट आफुले काम गर्न खोजेपनि उपमेयरका कारण समस्या भएको बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


      Team

      एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

      सूचना विभाग दर्ता नं १३०८/०७५–७६

      अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

      उपसम्पादकः राजकुमार श्रेष्ठ

      प्रेस प्रतिनिधिः गणेश थापा

      ब्यवस्थापकः सन्तोष विसी

      फोन नं–९८५११३७७६२/९८४९६६२४८४

      [email protected]

      About

      एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

    Subscribe

    © copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology