सोमवार, असार २, २०७६

पत्याएन राप्रपाले सरकारसँगको वार्ता, सिंहदरवारमा छलफल, धुम्वाराहीमा आन्दोलनको तयारी



काठमाडौं । राष्टिय प्रजातन्त्र पार्टीले सरकारसँगको वार्तालाई विश्वास गर्न सकेन । सिंहदरवारमा सरकार र राप्रपा वार्ता टोलीका सदस्यहरुबीच छलफल चलिरहेका बेला धुम्वाराहीमा आन्दोलनको कार्यक्रम तय भएको छ । वार्ता चलिरहेका बेला राप्रपाले भावी आन्दोलनको खाका बनाउन संघर्ष समितिको बैठक बोलाएको थियो । संघर्ष समितिले आन्दोलनका कार्यक्रम तया गर्न थालेको छ ।

राप्रपाले शुक्रवार दोहोरो रणनीति अपनाएको छ । एकातिर वार्ता, अर्काेतिर आन्दोलनको चेतावनी दिन संघर्ष समितिको बैठक बोलाएको हो । सरकारसँगको वार्ता निस्कर्षमा पुग्न नसक्ने निस्कर्ष राप्रपाले यसअघि नै गरिसकेको छ ।

राप्रपाले राखेका हिन्दु राज्य, राजासहितको प्रजातन्त्रको माग वर्तमान सरकार पुरा गर्न सक्दैन । आफ्ना मुख्य मागहरु पुरा नुहँने निश्चित भएपछि संघर्षका कार्यक्रम तय गर्न राप्रपाले बैठक बोलाएको हो । बैठकले ठोस प्रस्ताव तय नगरेपनि सरकारलाई भने दवाव दिन सफल भएको छ ।

पछिल्लो समय शक्ति सुदृढ गर्दै गएको राप्रपाले सडक आन्दोलन गर्दै आएको छ । राप्रपाको सडक आन्दोलनमा प्रहरीसँग झडप हुन थालेपछि सरकारले वार्तामा बोलाएको थियो । सरकारसँग वार्तामा बसेपनि राप्रपाले विश्वास गर्न सकेको छैन ।

हिन्दू राज्यप्रति जनलहर विस्तारै बढ्दै गएको छ । बढ्दै गएको हिन्दू राज्यको सेन्टिमेन्ट बोकेर शक्ति आर्जन गर्ने होडमा राप्रपा लागेको छ । हिन्दू राज्यको सेन्टिमेन्ट बोक्न केही कांग्रेस नेताहरु पनि लागेका छन् तर उनीहरुको पार्टीले लिएको नीति बाधक बनेको छ ।

 

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology