सोमवार, असार २, २०७६

महेन्द्र सिंह धोनीलाई ज्वरो आएपछि मुम्बई इन्डियन बिजयी



एजेन्सी । चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनी विरामी परेपछि घरेलु मैदानमै पराजित भएको छ । इन्डियन प्रिमियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा मुम्बई इन्डियन्स ४६ रनले बिजयी भएको छ ।

मुम्बईले सामान्य लक्ष्य दिएको थियो । १५६ रनको लक्ष्य पछ्याएको चेन्नईले १७ ओभर चार बलमा अल आउट हुँदै १०९ रनमा समेटियो । कप्तान महेन्द्र सिंह धोनी ज्वरो आएका कारण खेलम मैदानमा आउन सकेनन् । चेन्नईका मुरली विजयीले ३८, मिचेल सन्टनरले २२ तथा डवेन ब्राभोले २० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मुम्बईका लसिथ मालिंगाले ३७ रन दिएर चार विकेट लिए । यस्तै कृणाल पाण्डेयले सात रन दिएर दुई तथा जसप्रित बुमराहले १० रन दिएर दुई विकेट लिए ।
यसअघि पहिले ब्याटिङ्ग गरेको मुम्बईले चार विकेटको क्षतिमा १५५ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ४८ बलमा ६७, इविन लुइसले ३० बलमा ३२ तथा हार्दिक पाण्डेयले नटआउट २३ रन बनाए ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology