बिहिबार, असार १२, २०७६

काठमाडौं महानगरपालिकाले तिरेन १ अर्ब १३ करोड बिजुली महसुल



काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक वत्तिको महसुल भुक्तानी गर्न आनाकानी गरेको छ । नेपाल विद्युत प्राधिरकणमार्फत अर्थ मन्त्रालयमा पेश हुने काठमाडौं महानगरका सडक वत्तिको बिल भुक्तानीको लागि सहमति दिन महानगरपालिकाले अटेरी गरेपछि प्राधिकरणका वितरण केन्द्रहरूमा महानगरपालिकाको बिजुली सुविधा काट्नु पर्ने मत रहेको छ।

काठमाडौं महानगरपालिकले २०७४ असारसम्म जरिवानासहित १ अर्ब १३ करोड बिजुली महसुल बुझाउन बाँकी छ । तर, महानगरले सडक वत्ति बाल्ने तर, बिल नतिर्ने क्रम जारी रहेपछि प्राधिकरणले महसुल तिर्न तोकता गर्दै आएको बताएको छ ।

काठमाडौं महानगरबाहेक अन्य नगरपालिकाले पनि साढे ३ अर्ब बराबरको महसुल तिरेका थिएनन् । पछिल्लो समय प्राधिकरणले बक्यौता तिर्न दबाव दिएपछि स्थानीय सरकारले आफ्नो स्रोत नभएको भन्दै संघीय सरकारलाई गुहारेका थिए ।

संघीय सरकारले २०७४ सम्मको सडक बत्तिको महसुल अर्थ मन्त्रालयबाट भुक्तानी दिने निर्णय लिएको छ । तर, यसका लागि सम्बन्धित स्थानीय तहले प्राधिकरणलाई सहमति दिनुपर्छ । अरु स्थानीय तहले सडक वत्तिको महसुल भुक्तानीका लागि सहमति दिएका छन् । तर, काठमाडौं महानगरले भने अझै पनि बक्यौता भुक्तानीको सहमति दिन आनाकानी गरेको छ ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology