बिहिबार, असार १२, २०७६

तीन वर्षभित्र गुणस्तरीय शिक्षा- मन्त्री बाँस्कोटा



काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले तीन वर्षभित्र सामुदायिक शिक्षा परिमार्जन गरी गुणस्तरीय बनाइसक्ने दाबी गरेका छन् ।

एशियाली विकास बैंक (एडीबी)को रु छ करोड ऋण सहयोग तथा पुनःनिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाइ (शिक्षा) को समन्वयमा चौँरीदेउराली गाउँपालिका–४ सालिमेछेडास्थित सरस्वती माध्यमिक विद्यालयको नवनिर्मित १२ कोठे भवनको शुक्रबार उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले तीन वर्षभित्र अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी हुने गुणस्तरीय शिक्षा बनाइसक्ने बताए ।

मन्त्री बाँस्कोटाले सरकारले प्राविधिक शिक्षालाई प्राथमिकता दिने बताए । उनले भने, “हाम्रो मुलुकमा रहेका सम्पूर्ण स्रोतसाधान उपयोग गर्न प्राविधिक शिक्षा आवश्यक छ, यसप्रति सरकारको विशेष ध्यान गइरहेको छ ।” मन्त्री बाँस्कोटाले शिक्षा सामाजिकीकरण र व्यव्हारिक हुनुपर्ने बताउँदै उनले भने, “शिक्षालाई अर्थतन्त्रसँग जोड्नुपर्दछ, यसले आत्मनिर्भरतालाई प्रोत्साहित गर्दछ”, परिमार्जित शिक्षाले मानिसलाई संस्कारप्रति बफादार बनाई श्रमप्रति सम्मान गर्ने उनको दाबी थियो ।

प्रतिकृया दिनुहोस


सम्बन्धित समाचार


भर्खरै


    Team

    एस काठमाडौं प्रा. लि. नयाँ बानेश्वर, काठमाडौं, नेपाल

    सूचना विभाग दर्ता नं १३०८/०७५–७६

    अध्यक्ष तथा प्रधानसम्पादकः जीवन विसी

    उपसम्पादकः राजकुमार श्रेष्ठ

    प्रेस प्रतिनिधिः गणेश थापा

    ब्यवस्थापकः सन्तोष विसी

    फोन नं–९८५११३७७६२/९८४९६६२४८४

    [email protected]

    About

    एस काठमाडौं डटकम पृथक न्यूज पोटल हो । देशमा बढ्दै गएकोे भ्रष्टाचार, राजनीतिक बेथिति, क्राइम समाचारलाई एस काठमाडौंले बढि प्राथमिकता दिने गरेको छ । भ्रष्टाचारबिरुद्ध जागरुप बनाउन, राजनीतिक बेथितिबिरुद्ध जनमानसलाई जानकारी गराउने उदेश्य बोकेर एस काठमाडौ डटकम हामीले ल्याएका हौ ।

Subscribe

© copyright 2016-2019 and all right reserved to Yes Kathmandu | Site By : SobizTrend Technology