डन दाउदको नाम लिएर सांसद लिङ्देनलाई धम्की, ५० लाख फिरौति माग्दा जेलको बास

काठमाडौँ । बैदेशिक रोजगारीमा डुवेको १६ लाख रकम उठाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द लिङ्देनलाई धम्क्याउँदै ५० लाख फिरौति मागेको तथ्य खुलेको छ ।

फिरौति माग्ने झापाका तिलकदास पराजुली बैदेशिक रोजगारीमा ठगीका फरार अभियुक्त पनि हुन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मंगलबार गोंगबुबाट पक्राउ गरेको हो ।

आफूलाई अन्डरवल्र्ड डन दाउद इब्राइमको मान्छे भएको भन्दै लिङ्देनलाई फोन गरी ५० लाख रुपैयाँ मागेका थिए । हत्याका लागि ५० लाखको सुपारी लिइसकेको भन्दै उनले हिन्दी भाषामा धम्क्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search