१७ वर्षिया कल्पना खनाल बलात्कारका मुख्य दाेषाी चाैधरी सर्वाेच्चकाे आदेशमा रिहा

काठमाडौं । दाङको विजौरी बलात्कार काण्डका मुख्य दोषी विष्णु चौधरीलाई सर्वोच्च अदालतको आदेशमा दश लाख ५० हजार जमानतमा थुना मुक्त गरेको छ । भन्दै सर्वोच्च अदालतले झण्डै १० वर्ष कैद सजाय सुनाएका विष्णु चौधरी जेल परेको ८८ दिनमै जेलबाट छुटेका हुन्।

दोषी चौधरीलाई सर्वौच्च अदालतको थुनामुक्त गर्नु भन्ने आदेश अनुसार रिहा गरिएको घोराही कारागारका जेलेर विष्णु पाण्डेले जानकारी दिए।

जेलबाट रिहा भए लगतै चौधरीले भने राजनीतिक प्रतिसोध साँध्न गरिएको षड्यन्त्र विफल भएको र अदालतले आफूलाई न्याय दिएको बताएका छन्।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ निवासी ३१ वर्षीय चौधरीलाई १० वर्षपहिले १७ वर्षिया किशोरी कल्पना खनाल बलात्कार गरेको अभियोगमा अदालतले दोषी ठहर गरेको थियो।

गढवा गाउँपालिका वडा नं. ६ गढवा निवासी १७ वर्षीया कल्पना खनाल २०६५ साल चैत १५ गते शान्ति नगरस्थित आफ्नो अंकल आन्टीको घरबाट तुलसीपुर हुँदै घोराही तर्फ जाँदै गर्दा विजौरीमा सामुहिक बलात्कारमा परेकी थिइन्।

सर्वोच्च अदालतले २०७२ साल फागुन ३० गते विजौरीमा भएको सामूहिक बलात्कार काण्डको मुख्य दोषी ठहर गर्दै चौधरीलाई ९ वर्ष ११ महिना २ दिन कैद सजाय सुनाउँदै ५० हजार जरिवाना समेत तोकेको थियो।

प्रतिक्रिया दिनुहोस्
X
Type to search