पैच्यारुको मादल घन्किएपछि उपराष्ट्रपतिले जब आफैलाई रोक्न सकेनन् (तस्वीरहरु)

काठमाडौं । शुक्रवार साँझ जमलस्थित राष्ट्रिय नाचघर खचाखच भरिएको थियो । त्यही बेला उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ को कारगेट आइपुग्यो । नाचघरका सभाहलमा भब्य स्वागत भएपछि उनी स्टेजको अगाडी पट्टिको सोफामा बसिरहेका थिए ।

नेपाली सांगितिक क्षेत्रका २५ हजार गीतमा मादल बजाईसकेका चर्चित कलाकार खर्कबहादुर बुढा र उनकी पत्नी लिलावती बुढामगरको एकल साँझ थियो । एकल साँझको उद्घाटन गरेपछि उपराष्ट्रपति फेरी आफ्नै स्थानमा आएर बसे ।

खर्कबहादुर बुढा र लिलावती बुढाले दर्जनौ आफ्ना सुरिला स्वरहरु दिए । त्यही बेला सल्यान, रुकुम र रोल्पातिरको लोकप्रिय पुरानो पैच्यारु नृत्य शुरु भयो । मादलको तालमा नाचिने यो नाच लोकउन्मुख पनि छ । तर नाच शूरु भएलगतै उपराष्ट्रपति पुनले आफुलाई सोफामै सिमित गर्न सकेनन् स्टेज पुगे । तालप्रदक नाचमा आफुलाई रोक्नै नसकि उनी स्टेजमा पुगेका थिए ।

बाल्यकालदेखि नै घरआँगनमा नाँचिदै आएको पैच्यारु नाचसँग उनी परिचित थिए । ‘यो नाच मलाई औधि मन पर्छ’ यतिभन्दै उनी स्टेजमा उत्रे र हातका हाउभाउ मादलको तालमा दिन थाले । रोल्पा, रुकुम र सल्यानतिर बर्षौदेखि नाच प्रस्तुत गर्दै आएका अनुभवी नचारुहरुको बीचमा उनी पसे । उनले मादलको तालमै अनुभवीभन्दा राम्रो हाउभाउ र खुट्टाका चाल समाते ।

उनी थोरै समय मात्र नाचेनन्, शरिरबाट पसिना आउँदासम्म नाचे । उनी नाचिरहेका बेला कर्णाली प्रदेश आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला पनि स्टेजमा पुगे र उपराष्ट्रपति पुनलाई साथ दिए । राजनीतिक यात्रा, त्यो पनि शान्ति सम्झौतापछि उनले पैच्यारु नृत्य गर्न पाएका रहेनछन् । शुक्रवार साँझ उनले चाहाना पुरा भयो भने उपराष्ट्रपति नाचेको हेर्ने धोको पनि दर्शकको पुरा भयो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search