मैदारो लिएर आए भूपिन

काठमाडौं । कविता र निबन्धबाट नेपाली साहित्यमा स्थापित भूपिन आख्यानकार आवरणमा आएका छन् ।

शनिवार उनको पहिलो उपन्यास मैदारो काठमाडौंमा विमोचन भएको छ । साहित्यकार तथा राजनीतिज्ञ आहुति, उपन्यासकार नयनराज पाण्डे, राष्ट्रिय मानवअधिकार आयोगकी आयुक्त मोहना अन्सारी र लेखक भूपिनले मैदारोको संयुक्त विमोचन गरे ।

विमोचनमा आहुतीले भूपीनको भाषामाथिको पकड उपन्यासले पुष्टि गर्ने बताए । भने, ‘भुपिनले सलल बग्ने भाषामा कथा भन्ने प्रयत्न गरेका छन् ।’ उनले उपन्यास पढ्दा कतै पनि रोकिनुनपर्ने अनुभव बाँडे । आहुतिले उपन्यासको राजनीतिक, सामाजिक र शैलीगत पाटोको चर्चा गरेका थिए।

त्यस्तै नयनराज पाण्डेले चित्रकारलाई पात्रको रूपमा स्थापित गरेको सम्भवत पहिलो नेपाली आख्यान मैदारो भएको उल्लेख गरे । ‘दलितलाई केन्द्रमा राखेर लेखिएको यो उपन्यास कविता, निबन्ध र आख्यानको समिश्रण पाइन्छ’, पाण्डेले भने ।

मोहना अन्सारीले मैदारोमा विषयवस्तुलाई न्याय गरिएको धारणा राखिन् । उपन्यासमा शैलीगत र विषयगत विविधता पाइन्छ’, अन्सारीले भनिन् । उपन्यासकार भुपिनले आफूले सामाजिक यथार्थवाद र स्वैरकल्पनाको मिश्रण गरेर स्थानीय विषयलाई स्थापित गर्न खोजेको बताए । ‘आञ्चलिकताको प्रयोग स्थानीय स्वाद दिनका लागि मात्र होइन त्यहाँको विषयवस्तु स्थापित गराउन पनि हो’, उनले भने ।

कार्यक्रम बुक हिलका अध्यक्ष भूपेन्द्र खड्काले फरक फरक विषय र शैलीका साहित्यलाई पाठकसमक्ष पु¥याउन आफूहरु प्रतिबद्ध रहेको जनाए । पुस्तक बुक हिल पब्लिकेशनले प्रकाशन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search