विप्लव समूहका विद्यार्थी नेता जिल्ला सदस्‍य बस्याल पक्राउ

नवलपरासी । प्रहरीले पश्चिम नवलपरासीको बर्दघाटबाट विप्लव समूहका विद्यार्थी नेता रमेश बस्याललाई पक्राउ गरेको छ ।

आइतबार विहान घरमा खाना खान लागेका बेला उनलाई पक्राउ गरेको हो । बस्याललाई इलाका प्रहरी कार्यालय बर्दघाटले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी पठाएको हो। बस्याललाई दिउँसो १ बजे आफ्नै निवास बर्दघाट नगरपालिका ४ आनन्द नगरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए।

विप्लव नेकपामा सक्रिय भएर गतिविधि संचालन गरेको भन्दै बस्याललाई पक्राउ गरिएको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search