नवराज घोरासैनीले नयाँ वर्षमा ल्याए ‘मोटर साइकल आजै किनेको’

काठमाण्डाै । लोक दोहोरी गायक नवराज घोरासैनीले नयाँ वर्ष २०७६ को अवसरमा नेपाली लोक दोहोरी पारखीहरूको लागि ‘मोटर साइकल आजै किनेको’ उपहार लिएर आएका छन्। गीतमा गाएक घोरासैनीलाई चर्चित लोक गायिका पार्वती कार्कीले साथ दिएकी छिन्। गीतको शब्द तथा संगीत घोरासैनीआफैँको रहेको छ। काठमाडौं डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतमा ऐरेन्ज पूर्ण गरुङ र मिक्सिङ डिका गुरुङको रहेको छ। गीतको छायाकन दुर्लभ श्रेष्ठ, ग्राफर विषेश महर्जनको रहेको छ। सम्पादन नवीन भट्टले गरेका छन् भने कला राजाराम गौतमको रहेको छ।

संजीव ठकुरिको कोरियोग्राफ रहेको भिडियोमा संजीव ठकुरी, संजीता राना, गायकद्वय नवराज घोरासैनी र पार्वती कार्कीको साथमा नारायण दंगालले अभिनय गरेका छन्। आफ्नो चर्चित गीत ‘मोटर साइकल आजै किनेको’ भिडियोसहित आम दर्शक तथा स्रोतामाझ आएसँगै नेपाली दर्शक तथा स्रोता निकै उत्साहित बनेका छन्। योसँगै डिएआर मुभिजले छिट्टै बजारमा ल्याउन लागेको ‘डाँडाघरे दाइ’ बोलको लोक दोहोरी गीतमा पनि गाएक घोरासैनीले आफ्नो स्वर दिइसकेका छन्। डिएआर मुभिजको अफिसियल युट्यब च्यानलबाट गायक घोरासैनीको ‘मोटरसाइकल आजै किनेको’ बोलको लोक दोहोरिको भिजुवल आम दर्शक तथा स्रोता माझ लेराइएको छ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search