उत्कृष्ट खेल खेल्दै सन्दीपको टिम दिल्लीले हैदराबादलाई उसैको घरमा हरायो

काठमाण्डौ ।  दिल्ली क्यापिटल्स इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा सनराईजर्स हैदरावादलाई ३९ रनले पराजित गर्दै नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । तर, दिल्लीले हैदरावादविरुद्ध सन्दीपलाई प्लेईङ सेटमा राखेको थिएन ।

हैदरावादस्थित राजिब गान्धी क्रिकेट मैदानमा दिल्लीले दिएको १५६ रनको लक्ष्य पछ्याएको हैदरावाद १८ ओभर ५ बलमा अलआउट हुँदै ११६ रनमा समेटियो । हैदरावादका डेभिड वार्नरले ५१ रनको अर्धशतकीय इनिङस खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै हैदरावादका जोनी बियर्स्ट्रोले ४१ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

David Warner of Sunrisers Hyderabad plays a shot during match 30 of the Vivo Indian Premier League Season 12, 2019 between the Sunrisers Hyderabad and the Delhi Capitals held at the Rajiv Gandhi Intl. Cricket Stadium, Hyderabad on the 14th April 2019
Photo by: Vipin Pawar /SPORTZPICS for BCCI

दिल्लीका कागीसो राबडाले ४ तथा क्रिस मोरिस र किमो पाउलले समान ३–३ विकेट लिएका थिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर १५५ रन बनाएको थियो । दिल्लीका लागि कप्तान श्रेयस आयरले ४५ तथा कोलिन मुनरोले ४० रन बनाएका थिए । यस्तै ऋषब पन्तले २३ रन जोड्दा अक्षर पटेल अविजित १४ रन बनाएका थिए ।

हैदरावादका खालिद अहमेदले ३ तथा भुवनेश्वर कुमारले २ विकेट लिएका थिए । यससंगै दिल्लीले लिगमा पाँचौ जित दर्ता गरेको छ । दिल्लीले ८ खेलमा ५ जितसहित १० अंक जोडेको छ । हैदरावादको भने यो चौंथो हार हो । हैदरावादले ७ खेलमा ३ जितसहित ६ अंक जोडेको छ । हैदरावाद लिगको छैठौंं स्थानमा रहेको छ । लिगमा १४ अंक जोडेको चेन्नई शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search