बार्यन म्युनिख शानदार जित निकाल्दै शीर्ष स्थानमा फर्कियो

काठमाण्डौ । जर्मन बुन्डेस लिगा फुटबलमा साविकको विजेता वायर्न म्युनिख शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा फोर्चुना डुसेलड्रोफलाई ४–१ गोल अन्तरले पराजित गर्दै वायर्न शीर्ष स्थानमा फर्किएको हो ।

वायर्नलाई जित दिलाउन किंग्सले कोम्यानले दुई गोल गरेका थिए । त्यस्तै सेर्गी गेनब्री र लियोन गोर्टेज्काले एक एक गोलको योगदान गरका थिए । डुसेलड्रोफका डोडी लुकेबाकियोले सान्त्वना गोल फर्काएका थिए ।

जितसंगै वायर्नले बोरुसिया डर्टमण्डलाई पछि पार्दै शीर्ष स्थान हात पारेको हो । वायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ । वायर्नभन्दा डर्टमण्ड १ अंकले पछि रहेको छ । डर्टमण्डको ६६ अंक छ । पराजित डुसेलड्रोफ ३७ अंक जोडेर १० औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
X
Type to search